दीपिका सधै ताजा र तन्दुरुस्त कसरी ?

Dipika padukon

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण, जसले किंगफिसर क्यालेन्डरका लागि फोटोशूट गराएर ग्ल्यामर दुनियामा प्रवेश गरिन् ।

कहिले चुलबुले, कहिले गंभिर, कहिले चञ्चल, कहिले सौम्य अनेक रुप र भावभंगीमासाथ उनी फिल्ममा पेश हुन्छिन् । यी भए अभिनयको पाटो ।

/uploads/Vadau/deepika-main.jpegउनको अर्को घतलाग्दो पाटो भनेको, शारीरिक तन्दुरुस्ती नै हो । त्यो उचाईमा पुगेका बलिउड अभिनेत्रीलाई हरक्षण व्यस्तताले घेरा हाल्छ । कहिले फिल्मको सुटिङ त, कहिले इभेन्टले उनीहरुलाई विश्राम दिदैन । त्यतीका व्यस्ततामा पनि सधै ताजा, फूर्तिलो, तन्दुरुस्त देखिनुमा धेरै कुराले काम गरेको हुन्छ । एक त नियमित दैनिकी, खानपान र फिटनेस ।


दीपिका फिल्मको पर्दामा जति फिट तथा एक्टिभ देखिन्छिन्, बास्तविक जीवनमा पनि उनी त्यति नै फीट तथा एक्टिभ छिन् । तर उनको फिटनेश तथा सुन्दरताको राज के हो ?

भारतको एक चर्चित पत्रिकाले लेखे अनुसार दिपिकाको सुन्दरता तथा फिटनेशको राज भनेकै उनको सामान्य जीवनशैली हो । उनको अनुशाषित जीवनशैली हो । त्यसबाहेक, उनको नियमित व्यायाम हो ।

जसले दिपिकालाई दिनप्रतिदिन सुन्दर त बनाएको छ नै । यसका साथै फिट तथा एक्टिभ समेत राखेको छ

दिपिकाको फिटनेशको रुटीन 

प्रत्येक दिनको व्यस्त कामका बाबजुद दिपिका आफूलाई फिट तथा एक्टिभ राख्न नियमित रुपमा व्यायाम गर्छिन् । व्यायाममा उनलाई योग गर्न बढी मन पर्छ । त्यसैले, विहान उठ्नासाथ उनी योग तथा फ्रि ह्याण्ड एक्सरसाइज गर्छिन् । योगमा उनी सूर्य नमस्कार, मार्जरी आसन, सर्वागासन, वीरभद्र आसन, प्राणायाम तथ गहिरो सास लिने जस्ता आसन गर्दछिन् ।

दीपिका घर बसेर पिलेट्स तथा स्ट्रेचिङ्ग जस्ता व्यायाम गर्छिन् । दीपिकालाई कुद्न मन पर्दैन । त्यसैले उनी, प्रत्येक दिन व्यायाम गरिसकेपछि करिब आधा घण्टा घर वरिपरि नै हिड्ने गर्छिन् । त्यसबाहेक, उनी आफूलाई फिट राख्न डान्स पनि गर्छिन् । उनको बुझाई छ, ‘ शरीरलाई फिट राख्न गरिने विभिन्न व्यायामहरुमध्य डान्स पनि राम्रो व्यायाम हो’ ।

खानपान

विहानको समयमा दीपिका दुईवटा अण्डा, लो फ्याटयुक्त दूध, उपमा, इड्ली वा डासा खान मन पराउँछिन् । दिउसो उनी दुईटा रोटीको साथमा ग्रील्ड गरिएको माछा तथा ताजा सागसब्जी खान्छिन, जुन उनको सबैभन्दा मनपर्ने खाना हो ।

साँझको स्न्याक्समा ड्राई फ्रुटको साथमा फिल्टर गरिएको कफी पिउन रुचाउने दिपिका रातमा भने दुईवटा रोटीका साथमा हरियो सागपात तथा सलाद खान रुचाउँछिन् ।

यसबाहेक, उनी प्रत्येक दुई दुई घण्टामा ताजा फलफुल, जुस तथा नरिवल पानी खान्छिन् भने रातको समयमा सकेसम्म ननभेजको सेवन गर्दिनन् ।

सुन्दरताको राज

मस्तानी, पद्मावत जस्ता फिल्ममा दमदार भूमिका निभाईसकेकी दीपिका पर्दामा जति सुन्दर देखिन्छिन्, वास्तविकतामा पनि उनी त्यति नै राम्री छिन् ।

यसको कारण के हो भने दीपिका आफूलाई हाइड्रेट ९शरीरमा पानीको कमी हुन नदिन० पर्याप्त मात्रामा पानीको सेवन गर्छिन् । प्रत्येक दिन स्टिम बाथका साथै बडी मसाज गर्छिन् । छालालाई सुन्दर बनाउन क्लिजिङ्ग, टोनिङ्ग र मोइस्चराइजिङ्ग गर्छिन् ।

विशेषगरी, शुट वा कुनै कार्यक्रमबाट फर्कनसाथ क्लिजिङ्ग, टोनिङ्ग र मोइस्चराइजिङ्ग गर्न दीपिका कहिल्यै भुल्दिनन् । किनकी छालालाई क्लिजिङ्ग, टोनिङ्ग र मोइस्चराइज गर्नु दीपिकाको जीवनको अभिन्न अंग हो । त्यसबाहेक, धुलोधुवा तथा घाम पानीका कारण बिग्रिएको कपाललाई रिपेयर गर्न दिपिका नियमित रुपमा नरिवलको तेलले कपालको मालिस गर्छिन् ।

उनको फिटनेश मन्त्र

–स्वस्थ रहन ताजा तथा स्वस्थकर खानाको सेवन गर्ने

–स्लिम हुनेमात्र हैन, भित्रै देखि स्वस्थ रहने

–नियमित रुपमा व्यायाम तथा शारीरीक श्रम गर्ने

–दैनिकीमा विभिन्न खेललाई समावेश गर्ने

–डान्स गरेर पनि शरीरमा रहेको अतिरिक्त बोसो कम गर्न सकिन्छ

–सन्तुलित आहार खाने, मज्जाले सुत्ने र प्रशस्त मात्रामा पानी पिउने

प्रतिकृया दिनुहोस