पानी शुद्धीकरण खान सिकाउने पनि नाटक !

Natak vaktapur

भक्तपुर । तीन जनाको एउटा सानो परिवार । परिवारका एक सदस्य छोरीको एसईई दिने समय थियो । तिनी परीक्षाको तयारीमा थिइन् ।

परीक्षा हुनु एक दिन अगाडिको रात उनले सार्वजनिक धाराको पानी सिधैं पिउँछिन् । जनु धाराको पानी अन्यले पनि सिधैं पिउने गर्छन् । उनी विरामी पर्छिन् र अस्पताल जानुपर्ने भएर उनको परीक्षा छुट्छ ।

यो दृष्य थियो बुधबार अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौंले भक्तपुरमा नाटकको । यसमा पानी शुद्धीकरण गरेर मात्रै पिउनुपर्छ भन्ने सन्देश देखाइएको छ ।

नाटकमा कलेजका शिक्षकशिक्षिका तथा वीए वीएसडव्लू, वीएस्सी इभारामेन्ट साइन्सका विद्यार्थी दर्शकका रुपमा सहभागी रहेका थिए । एक घण्टासम्म देखाइएको सो नाटकमा लुनिभा तुलाधर, सन्देश शाक्य, समापिका गौतम लगायतले अभिनय गरेका थिए ।

नाटक काठमाडौं र ललितपुरका विभिन्न ठाउँहरुमा प्रदर्शन गर्न लागिएको नाटकका निर्देशक राजकुमार पुडासैनीले बताए । उनले यस क्रममा पहिलो पटक भक्तपुरमा पटक देखाइएको बताए ।

सो युनिटअन्तर्गतको वन वल्र्ड थिएटरले दूषित पानीबाट लाग्ने रोगविरुद्ध बिहीबार चेतना फैलाउने चेतनामुलक नाटक देखाएको थियो । जनसम्पर्क विभाग प्रमुख सुनिता उदासले दूषित पानीबाट लाग्ने रोगविरुद्ध जनचेतना जगाउने उद्देश्यले नाटक देखाइएको बताइन् ।

कार्यक्रममा श्रोतव्यक्ति डा. नायनसी मितलले विद्यार्थीको माध्यमबाट यसबारे जनचेतना जगाउन कलेजमा कार्यक्रम गरेकोे बताए । सो अवसरमा कार्यक्रमपछि कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठ मायाको चिनो प्रदान गरेका थिए । साथै उनले नाटक टोली र संस्थालाई सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस