मुकेशसँग को टाढा भयो ? हेर्नुस् भिडियो

Mukesh vedios

काठमाडौं । नेपाली सांगीतिक दुनियाँ यस्तो छ, जहाँ बजारको खडेरी भए पनि दैनिक रुपमा दर्जनौं गीत संगीत बजारमा आइरहन्छन् । त्यति नै मात्रामा म्युजिक भिडियो पनि आइरहन्छन् ।

कति गीत स्रोतको मनमा बस्छन्, कति स्रोताको कानसम्म नपुग्दै अस्ताउँछन् । अहिले फेरि अर्काे गीत आएको छ, जुन गीतले स्रोताको मनमा बस्ने प्रयास गरेको छ । स्रोताले गुनगुनाउन थालेका छन् । अर्थात् अहिले चर्चामा रहेकी गायीका मेलिना राईको स्वर रहेको ‘तिमी टाढा भए पनि’ गीतको म्युजिक भिडियो आएको छ ।

मेलिनाको स्वर रहेको ‘तिमी टाढा भए पनि’ बोलको गीतको म्युजिक भिडियोमा व्यस्त मोडल मुकेश अधिकारीले अभिनय गरेका छन् । अधिकारीसँग मञ्जु तामाङले सिन रोमान्स गरेकी छन् ।

सो गीतको म्युजिक भिडियोलाई संगीत सागरले निर्देशन गरेका छन् भने सम्पादन तथा छायांकन भने विश्वास भण्डारीको छ । टिका बम्जनको संगीत र साङ्गे ब्लोनको शब्दमा तयार भएको सो गीतको म्युजिक भिडियोलाई अम्बिका म्युजिकले बजारमा ल्याएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...