‘पछि उमेर ढल्किन्छ’ छक्का पञ्जा ३ को गित सार्वजनिक (भिडियोसहित)

Chakka panja 3

काठमाडौं । चलचित्र छक्का पञ्जा ३ को अर्को गीत ‘पछि उमेर ढल्किन्छ’ सार्वजनिक भएको छ ।

सोमबार बिहान ११ बजे युट्यूब च्यानल हाईलाईट्स नेपालबाट गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकारहरु दीपक राज गिरी, दिपीका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङलाई फिचर गरिएको छ । दीपकराज गिरी र अर्जुन पोखरेलको शब्द रचना रहेको यस गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको आवाज रहेको छ भने गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

दीपाश्री निरौलाको निर्देशन रहेको छक्का पञ्जा ३ मा समावेश एउटा गीत पहिलो नम्बरमा यस अघि नै सार्वजनिक गरिएको छ जसलाई ३७ दिनमै एक करोड भन्दा धेरै भ्यूज मिलिसकेको छ ।

पहिलो नम्बरको लोकप्रियता पछि सार्वजनिक भएको दोस्रो गीतलाई पनि दर्शकको माया मिल्नेमा निर्माण पक्ष आशावादी छ । छक्का पञ्जा ३ दशैँको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...