स्विजरल्याण्ड सरकारद्धारा श्रीदेवीको सालिक बनाएर राख्ने घोषणा

Sridevi

एजेन्सी , स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीलाई विभिन्न देशले सम्मान गरिरहेका छन् त्यसमध्ये स्विजरल्याण्ड मुुख्य सुचिमा परेको छ ।

स्विजरल्याण्डको पर्यटन बोर्डले श्रीदेवीको सालिक बनाउने निर्णय गरेको छ । चलचित्रको माध्यमबाट स्विजरल्याण्डलाई भारतीय माझ परिचित बनाउन सहयोग गरेको भन्देै श्रीदेवीको सालिक बनाउन लागिएको बताइएको छ ।

स्विजरल्याण्डमा राज कपुरको पहिलो चलचित्र ‘संगम’ सुट भएकोे थियो । शो चलचित्र सन् १९६४ मा पहिलो चलचित्र बनेको थियो त्यसपछि ३ वर्ष पछि नेै अर्को बलिउड चलचित्र ‘एन इभिनिंग इन पेरिस’ को शुटिङ्ग पनि स्विजरल्याण्डमेै भएको थियो । त्यसेैगरी श्रीदेवीको अर्को चलचित्र ‘चाँदनी’ का सम्पुर्ण गीतको शुटिङ्ग स्विजरल्याण्डमेै गरिएको थियो । श्रीदेवीको अधिकांश शुटिङ स्विजरल्याण्डमेै भएकोले त्यहाँको पर्यटन व्यवसायमा मद्घत पुगेको बताइएको छ ।

यसरी स्विजरल्याण्डको पर्यटन क्षेत्रमा भारतले चलचित्रद्धारा ठुलो योगदान पुर्याएको भन्देै श्रीदेवीको सालिक बनाउन लागिएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...