गुन्यो चोलीमै सुहायो ज्योती मगरलाई

Jyoti

दाङ । सधै पहिरनको विषयलाई लिएर विवादमा आउने गायिका ज्योति मगर शनिबार भने मगर पोशाकमा ड्रेसमा देखिईन् ।

लोक तथा दोहोरी गीत प्रतिष्ठना दाङको आयोजनामा भदौ २२ गतेदेखि सुरु भएको तीज महोत्सवमा उनी गुन्यो चोलीमा देखिईन् । उनको प्रवेश हुँदा कार्यक्रम सञ्चालकले उत्साहका साथ भनिरहेका थिए ।

कार्यक्रमका लागि आउनुभएका गायिका एवं मोडल ज्योति मगर महोत्सव स्थलमा प्रवेश गर्दै हुनुहुन्छ भन्दा सबैको अपेक्षा थियो उनी वान पीसमा नै आउँछिन् भन्ने । तर उनी गुन्यो, चोली र घलेकमा स्टेज चढिन् ।

उनको प्रस्तुतिमा दर्शकहरु खुबै रमाए । उनले जब पहिलो गीत गाउन सुरु गरेकी थिईन्, पानी वर्षियो । भदौरे पानीको वास्ता नगरी उनी गीत गाईरहिन्। दर्शकहरु पनि उनीसँगै रमाईरहे ।

छाता हुनेहरु छाता ओढेर उनको प्रस्तुतिमा रमाए भने युवाहरु पानीको झरीसँगै भिजेरै उनलाई साथ दिए । उनले मौलिक तीज गीत पनि प्रस्तुत गरिन् । उनको प्रस्तुतिमा दर्शकहरु खुबै झुमे ।

उनले आधा दर्जन बढी गीतहरु प्रस्तुत गरेकी थिईन् । ज्योतिले ‘टिपन सकेन खाईन बरिलै, चोरी खान पल्केको ढाडे बिरालो, उही मुलाको सिन्की उही मुलाको चाना, आँखैमा लाएको गाजल राम्रो’ लगायतका गीतहरु प्रस्तुत गरेकी थिईन् ।

महोत्सवको दोस्रो दिन शनिबार डान्सर सुनिता बुढा मगर, राप्ति डान्सिङ कम्पिटिसनमा चौथो स्थान हासिल गर्न सफल बाल कलाकार एञ्जल सोमै मगर ,गायक रामसिङ बिक, हाँस्य कलाकार राजु बिक , मोडल प्रकाश सोनी, गायक पुर्ण पुन र कुशल कार्यक्रम संचालक बिजय पुन लगायतले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

 

प्रतिकृया दिनुहोस