भक्तपुरमा परम्परागत कला प्रदर्शनी सम्पन्न

Cuitural program

भक्तपुर । बिहीबार भक्तपुरमा चीन साँस्कृतिक केन्द्रको आयोजनामा फ्लावर अफ शिल्क रोड परम्परागत कला प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीमा चीन साँस्कृतिक केन्द्रका कलाकलाहरुले विभिन्न साँस्कृतिक प्रदर्शन गरेका थिए ।

उनीहरुले चिनियाँ गीत, नृत्य प्रदर्शन गरेका थिए । विशेष गरेर चीनका पुराना कला संस्कृति झल्किने प्रदर्शनी गरेका थिए । उनीहरुले गीत, मार्शल आर्टस्, ओपेरा, परम्परागत बाद्यबादनको प्रदर्शनी गरेका थिए । कार्यक्रममा एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका विद्यार्थीले पनि प्रदर्शन गरेका थिए । उनीहरुले पनि चिनियाँ गीत, भक्तपुरको माक प्याखं (बाँदर नाच) लगायतका नाच देखाएका थिए ।

कार्यक्रममा चीन साँस्कृतिक केन्द्रका मिष्टर यिंग, एभरेष्ट इंगलिश स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी लगायतले साँस्कृतिक प्रदर्शनीले दुई देश बीचको साँस्कृतिक आदानप्रदान गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस