देवदास उपन्यास नेपालीमा

Pragya

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभागले २७ कृतिको विभिन्न भाषामा अनुवाद गरेको छ ।

गठन भएको चार वर्षको अवधिमा परिषदले विभिन्न भाषामा कृति अनुवाद गरेको हो । प्रतिष्ठानले ‘अनुवादक परिचय कोष’, ‘रनमाया उपन्यास’ अङ्ग्रेजी भाषामा, ‘संस्कृतिका पौराणिक आख्यानहरु’ नेपाली भाषामा, ‘देवदास उपन्यास’ नेपाली भाषामा, ‘रवीन्द्रनाथ टैगोरकी प्रतिनिधि कहाँनिया’ नेपाली भाषामा र ‘सार्क मुलुकका महिला कथाकारका कथा’ नेपालीमा अनुवाद गरेको छ ।

यस्तै विश्वका प्रसिद्ध कथाकारहरुका कथा’ नेपाली अनुवाद, ‘विश्वका प्रसिद्ध महिला कथाकारका कथाहरु’ नेपाली अनुवाद, ‘द रिभल मर्निङ’ अङ्ग्रेजी अनुवाद, ‘भोजपुरी उपन्यास’ नेपाली अनुवाद, ‘बाबु आमा र छोरा उपन्यास’ हिन्दी अनुवाद, ‘नेपाली हाँस्य ब्यङ्गका प्रतिनिधि कविताहरु’ हिन्दी अनुवाद, ‘मन्नु भण्डारीका प्रतिनिधि कविताहरु’ नेपालीमा अनुवाद गरिएको छ ।

यसैगरी ‘सुकर्म उपन्यास’ हिन्दी भाषामा, ‘चम्पा उपन्यास’ हिन्दी भाषामा, ‘अनुराधा उपन्यास’ हिन्दी भाषामा, ‘विलियम शेक्सपियरका नाटक’ नेपाली भाषामा, ‘नेपाली र हिन्दीका प्रतिनिधि कविताहरु’ अवधि भाषामा, ‘सोमली र सोहागिन मैथली कथासङ्ग्रह’ नेपाली भाषामा अनुवाद गरिएको हो । यस्तै ‘सिद्धिचरणका कविताहरु’ हिन्दी भाषमा, ‘समकालीन कविता सङ्ग्रह भाग–१’ हिन्दी भाषमा, ‘नेपाली उत्कृष्ट कथाहरु’ भोजपुरीमा भाषमा अनुवाद गरिएको छ । यस्तै ४२ कृति छपाइका लागि छापाखानामा पठाएको छ ।

विभिन्न ११ विभाग रहेको प्रज्ञा प्रतिष्ठानमा अनुवाद विभागले मात्र उक्त कृतिको अनुवाद गरेको तत्कालीन अनुवाद विभागका प्रमुख प्राडा उषा ठाकुरले जानकारी दिनुभयो । ठाकुरको चार वर्षे कार्यकाल दुईदिन पहिला सकिएको थियो ।

नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा विभिन्न भाषाका १०६ कृतिसमेत प्रकाशन गरेको छ भने चार वर्षकै अवधिमा २० अनुवाद गोष्ठीसमेत सम्पन्न भएका छन् ।

प्रतिकृया दिनुहोस