अक्षय यसरी बनेका थिए वेटर, अनि बने तेक्वान्दो खेलाडी

Akshay kumar

काठमाडौं । बलिउडका खेलाडी अक्षय कुमार फिल्ममा आफ्नो एक्सन सीनलाई लिएर चर्चामा हुने गर्दछन् ।

उनी आफ्नो अधिकतर फिल्ममा स्टन्ट सीन आफैँ गर्न रुचाउने गर्दछन् । त्यसैले पनि उनलाई खेलाडी कुमारका नामले चिनिन्छ ।

अक्षय कुमारको असली नाम राजीव हरी ओम भाटिया हो । बलीउडमा आउनुभन्दा पहिले उनले आफ्नो नाम बदलेका हुन् । अक्षय कुमार तेक्वान्दोमा ब्ल्याक बेल्ट हुन् । सानैदेखि उनको रुची मार्शल आर्टमा रहेको थियो ।

बलीउडका खेलाडीका रुपमा चिनिने अक्षय हिन्दी फिल्ममा प्रवेश गर्नुभन्दा पहिले वेटरको काम गर्दथे । अक्षय बैंककमा शेफ र वेटरको काम गर्दथे । उनले मार्शल आर्टमा आधारित डकुमेन्ट्री पनि होस्ट गरेका छन् । उक्त डकुमेन्ट्रीको नाम सेवन डेडली आर्ट्स रहेको छ ।

अक्षय कुमारले सन् १९९१ मा ‘सौगन्ध’ फिल्म मार्फत आफ्नो करियरको सुरुवात गरेका थिए । लामो समयसम्म कयौँ फिल्म फ्लप भए । उनको फिल्म फ्लप भएसँगै बलीउडका निर्माता–निर्देशकहरु उनलाई फिल्ममा लिनका लागि हिचकिचाउने गर्दथे । तरपनि अक्षयले फिल्मी क्षेत्रमा आफ्नो काम र मिहेनत कायम नै राखे । खेलाडी जोडिएका फिल्मबाट उनले बलीउडमा बढी सफलता प्राप्त गरेको बताइन्छ ।

अक्षय कुमारको नाम बलीउड अभिनेत्री रवीना टन्डन र शिल्पा शेट्टीसँग जोडिने गर्दथ्यो । तर उनीहरुसँगको सम्बन्ध लामो समयसम्म टिक्न सकेन् । पछि उनले ट्वींकल खन्नासँग विवाह गरे । हाल उनी आफ्नो परिवारका साथ खुशी रहेका छन् ।

प्रतिकृया दिनुहोस