अध्यक्ष नेपाललाई पक्राउको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

Supreme cout

काठमाडौं । सर्वोच्च अदालतले ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाललाई पक्राउ गर्नुको कारण सोध्दै बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार गृह मन्त्रालयलाई पक्राउ गर्नुको कारण माग गर्दै बन्दीलाई उपस्थित बनाउन आदेश दिएको हो ।

भदौ १४ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो । बिनाकारण पक्राउ गरेको भन्दै अधिवक्ता सुजित केसीले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।

सर्वोच्चले कारणसहित २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउन आदेश गरेको छ । नेपाललाई बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुअघि पक्राउ गरिएको थियो ।

मोदीलाई विरोधस्वरुप कालो झन्डा देखाउने तयारी गरेको भन्दै फणीन्द्रलाई पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...