अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

Goli prahar

जनकपुर । धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । गोली प्रहारबाट लक्ष्मीनिया ६ का ३४ वर्षीय सञ्जय शर्मा घाइते भएका हुन् ।

उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शर्माको पेटमा गोली लागेको छ ।

जनकपुर-ढल्केबर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ मा उनलाई गोली प्रहार भएको थियो ।

ज ५ प ७९८८ नम्बरको मोटरसाइकल चढेर घर जाँदै गर्दा मोटरसाइकल नै चढेर आएका दुई जनाले गोली हानेर भागेको शर्माले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...