चोरीको रकमसहित एक पक्राउ

Arreeee

झापा । मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ ।

मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

श्रेष्ठले मेचीनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट गत भदौ ९ गते दराज फुटाएर ११ लाख ९३ हजार चोरी गरेका थिए । क्यासिनोमै काम गर्ने कर्मचारीको टिप्स राख्ने दराज फुटाएर उनले चोरी गरेका थिए ।

श्रेष्ठ सोही क्यासिनोका कर्मचारी हुन् । उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...