कहिले उदांगिएला ‘हाइप्रोफाइल मर्डर’ को रहस्य ?

Jha hatya

काठमाडौं । पूर्वराजदूत केशवराज झाको ४ भदौमा बबरमहलस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुले टाउको र घाँटीमा आक्रमण गरी उनको हत्या भयो । प्रहरीले नै यसलाई ‘हाइप्रोफाइल मर्डर’ भनेको छ ।

झाको आफ्नै घरभित्रै बीभत्स हत्या भएको १५ दिन बितिसक्दा ३ कामदारलाई १५ दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्म हत्यारा पत्ता लगाउन सकिरहेको छैन ।

उनीहरुमाथि झुटो बोलेको पत्ता लाग्ने ‘पोलिग्राफ टेस्ट’ समेत भइसकेको छ । तर, हत्यामा संलग्नताको कुनै तथ्य भेटेको छैन । घटनास्थलमा भेटिएको ‘फिंगरप्रिन्ट’ लगायतको रिपोर्ट नआएसम्म उनीहरुलाई थुनामै राख्ने प्रहरी तयारी छ ।

घर बन्द भएकाले कसरी हत्यारा घरभित्र छिरे भन्नेमै प्रहरी अल्झिएको छ । जसले ‘हाइप्रोफाइल मर्डर’ अनुसन्धानमा प्रहरीले केही तथ्य भेटाउन सकेको छैन ।

पहिलो तलाको झ्यालबाट छिर्न पनि कम्तीमा २५ फिट लामो भर्याङ प्रयोग गर्नुपर्छ । तर, भर्याङ प्रयोग गरिएको कुनै संकेत भेटिन्न । आँपको रुखबाट घरको छतमा जान सक्ने अवस्था छ । तर, छतबाट घरभित्र छिर्ने ढोकामा डबल लक थियो । यस्तो अबस्थामा कसरी झाको हत्या भयो ? अझै रहस्यको विषय बन्दै गएको छ ।

गत ४ भदौमा बबरमहलस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुले टाउको र घाँटीमा आक्रमण गरी उनको हत्या भएको थियो । घरमा झादम्पती मात्रै बस्दै आएका थिए । श्रीमती पहिलो तलामा सुत्थिन् भने उनी भुइँ तलामा ।

घटनास्थलको प्रकृतीका आधारमा यो निकै योजनाबद्ध र रहस्यमय हत्या भएको प्रहरी अधिकारीहरु बताउँछन् । किनकी घटना बन्द घरभित्र भएको छ । अहिलेसम्मको अनुसन्धानमा हत्या गर्ने व्यक्तिहरु पहिलो तलामा रहेको झ्यालको जाली काटेर भित्र छिरेको आँकलन गरिएको छ । तर, त्यसको विश्वस्त आधार छैन ।

झ्यालको जाली थोरै मात्र काटिएको छ, जहाँबाट मान्छे भित्र छिर्न सम्भव छैन । त्यसबाट हात छिराएर झ्यालको लक खोलेर भित्र छिरेको हुनसक्ने अर्काे आँकलन गरिएको छ । तर, जाली पहिले नै काटिएको जस्तो खिया लागेको छ र झ्यालको धुलो हेर्दा त्यहाँबाट कोही प्रबेश गरेको जस्तो देखिन्छ ।

घरका अन्य सबै झ्याल ढोका बन्द थिए । जून झ्यालको जाली काटिएको छ, त्यही कोठामा झाकी श्रीमती सुत्ने भएकाले उनले थाहा नपाउनु घटनाको अर्काे रहस्य छ । उमेर र रोगका कारण उनकी श्रीमती कमजोर भएकाले पनि उनले भनेका कतिपय कुरामा प्रहरीले विश्वास गरेको छैन । कसैले प्रहरी अनुसन्धानलाई तोडमोड गराउन पनि झ्यालको जारी काटिएको आँकलन समेत गरिएको छ ।

हत्या गर्ने व्यक्तिले झाकै घरको किचनमा रहेको चक्कु प्रयोग गरेका छन् । किचनमा चक्कु राख्ने छुट्टै ड्रयर छ । किचनमा सो ड्रयरमात्र खोलिएकाले पनि घरको बारेमा जानकार नै व्यक्तिले हत्या गरेको हुनसक्ने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । अर्काेतर्फ छोरा–बुहारी विदेश गएको दोस्रो दिनमा हत्या हुनुले पनि परिचित व्यक्तिको संलग्नताको आधार बलियो छ ।

अर्काेतर्फ झाको कसैसँग दुश्मनी रहेको पनि पत्ता लागेको छैन । बुढानिलकन्ठको जग्गा बेच्ने क्रममा भने उनको केही सामान्य विवाद भएको थियो । त्यसलाई आधार बनाएर पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा आबद्ध प्रहरीको भनाईमा घटनामा घर बाहिरका सदस्यको संलग्नता ज्यादै न्यून देखिन्छ । जसकारण प्रहरीले कामदार बाहेक अन्य व्यक्तिमाथि अनुसन्धानमा चासो दिएको छैन । प्रहरीको तालिमप्राप्त कुकुरले पनि घटनामा घरभित्रकै व्यक्तिको संकेत गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...