किन यसरी झुक्याउनुसम्म झुक्याए ३ सयमा बिहे गरेका उत्तम सञ्जेलले ?

Uttam bihe

काठमाडौं । सोमबार सामाजिक सञ्जालहरुमा खुबै चर्चा भयो । त्यो चर्चा थियो ३ सय रुपैयाँमा विहे सकिएको कुरा ।

तर, एकाएक त्यो चर्चा मात्रै रहेको पष्टि भयो । अर्थात् शिक्षा अभियन्ता उत्तम सञ्जेलले लोकलाई देखाउन मात्रै ३ सय रुपैयाँमा विहे सकेको नाटक गरेका रहेछन् । ४१ वर्षको उमेर वैवाहिक बन्धनमा बाँधिएका सञ्जेलले दिउँसो ३ सय रुपैयाँमा विहे गरेका भाइरल बनेको भए पनि बेलुकी भने जग्गेमा बसेर विहे गरे ।

विहान पशुपति क्षेत्रको गुहेश्वरीमा विवाह समारोहमा व्यवसायी उपेन्द्र महतो, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै वरिष्ठ पत्रकारहरु उपस्थित थिए । दुलाहा सञ्जेल टिसर्ट, पाइन्ट र चप्पलमा थिए भने दुलही कला अधिकारीले पनि कुर्था सुरुवाल लगाएकी थिइन् ।

सञ्जेलले २ सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर किनेको भन्दै ३ सय रुपैयाँमा बिहे गरेको सबैलाई बताएका थिए । यो खबर एकाएक भाइरल भयो । शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेका सञ्जेलले अर्को अनुकरणीय काम गरेको भन्दै समाचार बने, धेरैले बधाइ दिए ।

तर, साँझपख बिहेको एउटा तस्वीर सार्वजनिक भयो । जसमा सञ्जेल र कला जग्गेमा बसेका छन् । दुलाहा, दुहलीले अर्को माला लगाएका छन्, होम हालिएको छ । छेउमा लिंगो ठड्याइएको छ । पुरोहित पनि छन् ।

सञ्जेलको बिहे भइरहेको यो तस्वीर सुरुमा त धेरैलाई विश्वसनीय नै लागेन । सञ्जेललाई बदनाम गराउन फोटोसप गरिएको त होइन भनेर धेरैले आशंका गरे । तर, सञ्जेलले स्वीकार गरेका छन्, यो फोटोसप गरिएको होइन, साँचो तस्वीर हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...