शहरका भित्रि भागलाई सांस्कृतिक स्थल बनाउँछौः प्रमुख शाक्य

Kampa mitinga

काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंका भित्रि भागहरुलाई सांस्कृतिक स्थल बनाउने र एकीकृत बस्ती विकास गर्ने बताएका छन्।

महानगरपालिका र राष्ट्रिय पुननिर्माण प्राधिकरणवीच आज भएको छलफलमा महानगरका प्रमुख शाक्यले भित्री शहरी क्षेत्रको आकर्षण बढाउन सांस्कृति स्थलका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका हुन्।

‘हामीले स्थानीयको सहमति लिइसकेका छौं। उहाँहरु सामुहिक आवासमा जान तयार हुनुहुन्छ।’ मेयर शाक्यले भने ‘निर्माण अवधिमा उहाँहरुको व्यवस्थापन, भूकम्प प्रभावितलाई सरकारले दिने सहयोगको एकमुष्ट प्राप्ति, भूकम्पले घर नभत्काएका तर सामुहिक आवासका लागि भत्काउनु पर्ने घरधनीलाई दिइने सहुलियतका विषयमा स्पष्ट भए पछि काम थालिनेछ।’
यसबाट स्थानीयको परम्परागत रीतिरिवाज, चालचलन र परम्परालाई निरन्तरता दिन सकिने शाक्यको विश्वास छ।

यसका लागि आदिवासी, जनजातिको मौलिकता देखिने गरी, सुरक्षित व्यवस्थित, सुविधाजनक र आयमुलक बस्ती विकास गर्ने मेयर शाक्यले जानकारी दिए।

त्यस अवसरमा बोल्दै पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुशिल ज्ञवालीले, महानगरले अघि बढाएको सामुहिक आवासलाई सफल बनाउन प्राधिकरणको जिम्मेवारीमा पर्ने काम गर्न आफू प्रतिवद्ध रहेकोबताए।

यस प्रकारको योजनामा आफ्नो लगाव रहेको भन्दै ज्ञवालीले सहरी समृद्धि स्थापित गर्न र भूकम्प प्रभावितलाई दिइने अनुदानलाई योजनामैत्री बनाउन तथा आवास क्षेत्रमा पुग्ने अन्य पूर्वाधारमा सहजीकरण गर्न प्राधिकरण तत्पर रहेको बताए।

स्थानीयलाई यस प्रकारको सुरक्षित तथा व्यवस्थित प्रकारको सामुहिक आवासमा प्रोत्साहित गर्न सके अन्यत्र पनि सिकाइका रुपमा प्रस्तुत गर्न सकिने महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले बताए।

यस्तै, प्राधिकरणका प्राविधिक सहसचिव राजु मानन्धरले आवाससम्म पुग्ने पूर्वाधारको काम प्राधिरणले, योजना तथा नक्सा निर्माण, नक्सा स्वीकृत, मापदण्डको योजना महानगरले र निर्माणको काम उपभोक्ताले गर्ने हो भने योजना सहजै र समयमै सम्पन्न हुने विश्वाश व्यक्त गरे।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...