कहिले रिहा होलान् प्रकाण्ड अर्थात् खड्गबहादुर विश्वकर्मा ?

Prakanda 1

काठमाडौं । साउन २३ मा चन्दा असुलीको अभियोगमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ गत पक्राउ परे ।

विश्वकर्मालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यस लगत्तै उनलाई सर्वोच्चको मूल गेटबाटै प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि पनि विश्वकर्मालाई विभिन्न मुद्दामा नुवाकोट र काभ्रेको जिल्ला अदालतमा उपस्थित गराउँदा पनि त्यहाँको अदालतले छोडन दिएको आदेश विपरित पक्राउ गरिएको थियो ।

यो क्रम जारी छ । सर्वाेच्च अदातले छाड्न आदेश दिने अनि लगत्तै प्रहरीले पक्राउ गर्ने काम सामान्य बन्न थालेको छ । सोमबार फेरि विश्वकर्मालाई छाड्न सर्वाेच्चले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको सोमबार बसेको संयुक्त इजलासले थुनामा राख्ने पर्याप्त कारण, आधार र प्रमाण नदेखिएको उल्लेख गर्दै प्रवक्ता विश्वकर्मालाई रिहा गर्न आदेश दिएको हो ।

विश्वकर्मालाई पटक–पटक गैरकानुनी थुनामा राख्ने काम गरेर अदालतको आदेशको पालना नगरेकोमा गम्भिर ध्यानाकर्षण भएको पनि आदेशमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...