दौरा सुरुवाल र सारी चोलो राष्ट्रिय पोशाक बनाउँ अभियान तीव्र

Daura suruwal

काठमाडौं । गृह मन्त्रालयले मंगलबार राष्ट्रपति भवन शितल निवासमा प्रदान गरिने विभूषण वितरण समारोहमा सहभागी सबैलाई दौरा सुरुवाल र साडी चोलोमा उपस्थित हुन परिपत्र गरेको छ । तर सरकारले भने औपचारिक रुपमै घोषणा भने गरेको छैन ।

गत असारमा जारी गरिएको ‘विभूषण सिफारिस कार्यविधि प्रदानसम्बन्धि मापदण्ड २०७५’ मा पनि विभुषण समारोहमा पुरुषले दौरासुरुवाल (ढाकाटोपी (कालो भादगाउँले) र कालो जुत्ता तथा तथा महिलाको हकमा साडीचोलो र जुत्ता लगाउनुपर्ने प्रावधान समेटिएको छ ।

तर सरकारका तर्फबाट औपचारिक मान्यता दिएको छैन । राष्ट्रिय पोशाक संरक्षण अभियानका युवाहरुको समुहले दौरासुरुवाल र साडीचोलोलाई पुनः राष्ट्रिय पोशाकको रुपमा औपचारिक मान्यता दिन दवाब दिँदै आएको छ ।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएर राष्ट्रिय पोशाकको सूचीबाट दौरा सुरुवाल र साडी चोलोलाई हटाउँदै नेपालमा लगाइने सबै पोशाकलाई राष्ट्रिय पोशाक घोषणा गरेका थिए । उनको सो निर्णयको चौतर्फी आलोचनासमेत भएको थियो ।

यसैक्रममा सो समुहले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई भेटी दौरा सुरुवाल र साडी चोलोलाई राष्ट्रिय पोशाकको मान्यता दिने अभियानलाई अझ तीब्रता दिन आग्रह गरेका छन् ।

युवाहरुको सो ज्ञापनपत्र बुझ्दै अध्यक्ष थापाले आफ्नो पार्टी राष्ट्रिय पोशाकको विषयमा सधैं अटल रहेको भन्दै अभियानमा ऐक्यबद्धता पनि जनाए । ‘हाम्रो पार्टीले राष्ट्रिय पोशाकको विषयलाई पनि अभियानको रुपमै लागिरहेको छ’ अध्यक्ष थापाले भने, ‘यहाँहरुको यो अभियानमा हाम्रो पूर्ण साथ छ ।’

अध्यक्ष थापाले आफनो पार्टीले जितेको स्थानीय तहमा आयोजना हुने हरेक राष्ट्रिय कार्यक्रममा अनिवार्य राष्ट्रिय पोशाक लगाउन निर्देशन दिइएको जानकारी दिए । उनले राप्रपा सरकारमा रहँदा सबै मन्त्रीहरुलाई दौरासुरुवाल लगाउन घच्घचाउने गरेको स्मरण गराए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...