पाँच बर्षकी छोरीसहित आमा सम्पर्कविहीन !

Jyoti subedi

चितवन । भरतपुर महानगरपालिका १० हाकिमचोकबाट ५ वर्षकी छोरीसहित एक महिला बेपत्ता भएकी छन् ।

धादिङको ज्वालामुखी गाउँपालिका ६ कि २५ बर्षकी ज्योति सुवेदी तिमिल्सिना र ५ बर्षकी छोरी आर्जना तिमिल्सिनासहित हराएकी हुन् ।

हाकिमचोकमा डेरा गरेर बस्ने उनीहरु भदौ १२ गते ३ बजे कोठाबाट निस्केको आफन्तले बताएका छन् । उनले अन्तिम पटक बहिनीलाई फोन गरेको र त्यसपछि सम्पर्कविहीन भएको दाइ नगेन्द्र सुवेदीले बताए ।

म्याग्दी माइत भएकी ज्योतिको २०७० सालमा धादिङका नवराज तिमिल्सिनासंग विवाह भएको थियो । अनमी पढेकी ज्योति लोकसेवा आयोगको परीक्षाको तयारी र छोरीको पढाइका लागि भन्दै भरतपुर बस्दै आएकी थिइन् । उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।

परिवारले खोजी गरिदिन भन्दै भदौं १३ गते नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनले हुलियासहित कतै देखेमा प्रहरी समक्ष सम्पर्क गराउन जानकारी गराएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...