किशोरी बलात्कारका अभियुक्त पक्राउ

Arreeee

कैलाली । घोडाघोडी नगरपालिका–६, बछुरियाकी १४ वर्षीया किशोरी बलात्कार आरोप लागेका ३३ वर्षीय हर्कबहादुर कुँवरलाई कैलाली प्रहरीले लम्कीबाट पक्रेको छ ।

उनीमाथि भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपी किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो । त्यसयता उनी फरार थिए ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले आफन्तकोमा लुकेर बसेको अवस्थामा कुँबरलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

आइतबार राति नै धनगढी ल्याइएका उनीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...