किन सधैं हुन्छ यति एयरलाइन्सकै विमान दुर्घटना ? यस्तो छ कारण

Yati airlince

काठमाडौं । शनिबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भयो ।

यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ११ घण्टासम्म बन्द भयो । यो यती एयरलाइन्सको विमान दुर्घटना भएको पछिल्लो उदाहरण हो ।

सन् २००४ मा लमजुङमा यति एयरलाइन्सको दुर्घटना हुँदा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । त्यसैगरी २००६ मा जुम्लामा भएको दुर्घटनामा ९ जना र २००६ मा लुक्लामा भएको दुर्घटनामा १९ जनाको ज्यान गइसकेको छ ।

तारा एयरको विमान सन् २०१० मा ओखलढुंगामा भएको दुर्घटनामा २२ जना र २०७४ फागुन १२ गते म्याग्दीमा भएको दुर्घटनामा २३ जनाले गरी हालसम्म जम्मा ७६ जनाको ज्यान गइसकेको छ ।

तारा एयरको जहाज सन् २०१० मे २३ मा सुर्खेत विमानस्थलबाट मुगुको ताल्चाको लागि उडान भर्नै लाग्दा उडिसकेपछि आकाशमै जहाजको ढोका खुलेको थियो । १८ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको जहाजको आकाशमा क्याबिनको ढोका एक्कासी खुलेपछि सुर्खेत विमानस्थलमा आपत्कालीन अवतरण गरेर सम्भावित दुर्घटना टरेको थियो ।

२०६९ मा जहाजको नोज गियर लक भएकाले पोखरा विमानस्थलमा यती एअरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । २०१६ सेप्टेम्बरमा पनि यति एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको थियो । अहिले २०१८ मा पनि ठुलो विमान दुर्घटना टरेको त छ, तर विश्वले असुरक्षित भनेको विमान नेपालमा खुलेआम उड्नु भने अर्को चुनौतीको विषय बनेको छ । कुनै समय तारा एअरको नामले चिनिएको थियो ।

‘यति एअरलाईन्स’ र तारा एअरलाइन्स’ खतरनाक एयरलाइन्सको सूचीमा निकै अगाडी छ । हवाइ सुरक्षा तथा एअरलाईन्स सम्बन्धी मापन गर्ने संस्था ‘एअरलाइन्स रेटिङ डटकम’ले समेत यति एअरलाईन्सलाई दुनियाँकै ‘खतरनाक’ एअरलाइन्सको सूचीमा राखेको छ ।

त्यसमा पनि यति एयरलाइन्स ब्रिटिस जेटस्ट्रिम ४१ विमान २३ वर्ष पुरानो हो । यसको पहिलो उडान सन् १९९६ को जनवरी ४ मा भएको थियो । पहिले अमेरिकाको ट्रान्स स्टेट एयरलाइन्सले चलाएको यो विमान यति एयरले २००६ को जुलाईदेखि खरिद गरी चलाउन थालेको हो ।

खतराको सुचक
विश्वको असुरक्षित र खतरनाक एअरलाइन्सको सूचीमा पनि यो एयरलाइन्स पाचौं नम्बरमा पर्छ । विश्व चर्चित वेवसाइट ट्राभलवेट्स डटकमले पनि यति एयरलाइन्सलाई विश्वको खतरनाक एयरलाइन्सको सूचीमा पाचौं नम्बरमा राखेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ), उडयन प्रशासन लगायतका संस्थाले समेत यति एअरलाईन्स नचढ्न भनेका छन् । अन्तरर्राष्ट्रिय रुपमा यति एअरलाइन्सले ‘सुरक्षा प्रमाण पत्र’ समेत पाएको छैन । विभिन्न अध्ययनका क्रममा युरोपियन युनियनले यति एअरलाइन्सलाइ प्रतिबन्ध नै लगाएको भेटिएको छ ।

‘एअरलाइन्स रेटिङ डटकम’मा उल्लेख गरिएअनुसार यति एयरलाइन्सलाई सुरक्षाका हिसावले यति निकै कमजोर छ । सुरक्षाका हिसावले ७ मा एक स्टार मात्र यति एयरलाइन्सले पाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...