३ अर्ब ४५ करोडमा धरहरा बनाउन ठेक्का, यस्तो बन्नेछ धरहरा

Dharahara

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पबाट भत्किएको धरहरा निर्माण गर्न तीन अर्ब ४५ करोडमा ठेक्का सदर गरेको छ ।

सबैभन्दा कम रकममा ठेक्का हाल्ने जिआईटिसी कालिका रमन जेभीलाई धरहरमा निर्माणको ठेक्का पाएको हो । प्राधिकरणले आईतवार धरहरा निर्माण लागि परेका पाँच कम्पनीको प्रस्ताव खोलेको हो ।

धरहरा निर्माणमा ६ कम्पनी इच्छुक देखिएका थिए । तीमध्ये आशिष कन्ट्रक्सन प्राविधिक मृल्यांकनबाटै बाहिरिएको थियो ।

बाँकी रहेका पाँच रहेका कम्पनी सिआईसिओ कालिका रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआइइसी लामा जेभीले ४ अर्ब ५० करोड, सिआरफाईभसिइसी स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सिएफइसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका थिए ।

धरहराको डिजाइन केज कन्सल्ट प्रालिले तयार गरेको हो । डिजाइन अनुसार धरहरा २ सय ४५ फिट अग्लो हुनेछ । अब बन्ने बाहिरबाट हेर्दा विसं १९९० सालको भूकम्पमा भत्किनु अघिको जस्तै ११ तलाको देखिनेछ भने भित्री भागमा करिब २० तलासम्म हुनेछ ।

मुगलशैलीमा नै निर्माण हुने धरहराको टुप्पोसम्म जान दुईवटा लिफ्टको व्यवस्था हुनेछ । प्रत्येक लिफ्टले एकपटकमा १० जनालाई ओसार्ने क्षमता राख्नेछ ।

धरहराको भित्री भागको १८ र १९ तलामा १७ जनासम्म अट्ने थिएटर हुनेछन्, जसमा बसेर पर्यटकले धरहराको ऐतिहासिक पक्षबारे जानकारी लिन सक्नेछन् । धरहरा घुम्न आउनेका लागि केहीबेर सोही स्थानमा रमाउन सक्नेगरी आकर्षक फोहोरासहितको बगैँचा, रेस्टुराँको पनि व्यवस्था गरिनेछ ।

क्सारका पुराना मेसिन, छापिएका मुद्रा र गोश्वारा हुलाकका ऐतिहासिक टिकट लगायतका सामग्री राखेर सङ्ग्रहालयसमेत राखिने समेत डिजाइनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...