राँके बजारमा भीषण आगलागी, ३ घर जल्यो

Rake bajar aagolagi

इलाम । इलामको राँके बजारमा आइतबार भीषण आगलागी भएको छ । आगलागीबाट ३ घर जलेका छन् ।

इलामको देउमाई नगरपालिका–१ तर्फको राँके बजारमा ९ बजे सुरु भएको आगो पाँचथरको फिदिमबाट आएको दमकल, प्रहरी र स्थानीयको निरन्तर प्रयासले नियन्त्रणमा आएको छ ।

इलाम र पाँचथरको सीमा राँके बजारमा भएको आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको छ । स्थानीय ठालुमान श्रेष्ठको घरबाट आगलागी सुरु भएको थियो । सो आगलागीबाट भीम बस्नेत र तील विक्रम बस्नेतको घर पूर्णरुपमा जलेको छ ।

राँके प्रहरी चौकीका इन्चार्ज असई लीलाध्वज ढकालका अनुसार घरमा रहेका ग्यास सिलिन्डर विस्फोट हुँदा आगोले विशाल रुप लिएको थियो । आगलागीबाट तीन वटा किराना पसल, एउटा कपडा पसल र एउटा मेडिकल पसल क्षति भएको छ ।

प्रहरी र स्थानीयले सुरुदेखि नै नियन्त्रणको प्रयास गरेपनि फिदिमबाट दमकल आएपछि आगलागी नियन्त्रण हुन सकेको थियो । राँकेमा कच्ची घरहरू भएकाले आगो नियन्त्रणमा समस्या भएको थियो ।

यसअघि २०७१ कात्तिकमा पनि राँके बजारमै भीषण आगलागी भएको थियो । त्यो बेला ७ घर जलेका थिए । त्यसबेला स्थानीय विष्णु सुनुवारको घरबाट सल्किएको आगोले ७ घर जलेका थिए भने अरु घर जल्न नदिन ४ घर भत्काइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...