उपत्यकाका तीन ठाउँमा एकिकृत कृषि बजार राखिने

Kalimati fruits and vegetables market

काठमाडौं । तरकारी फलफूल लगायत दैनिक उपभोग्य सामानमा विचौलियाको हालीमुहाली भएको भन्दै सरकारले उपतयकाका तीन ठाउँमा एकीकृत कृषि बजार राख्ने जनाएको छ ।
कृषि तथा पशुपन्छि विकास मन्त्री चक्रपाणी खनालले उपत्यकाका कम्तीमा तीन स्थानमा तत्काल एकिकृत कृषि बजार स्थापना गर्न मातहत निकायलाई निर्देशन दिएका हुन् ।

कृषि बजार थोरै हुँदा विचौलियाहरुको चलखेल बढेको भन्दै उनले बजार बढाउनुपर्ने अवश्यकता रहेको बताएका हुन्। कालिमाटी तरकारी तथा फलफूल बजारको विषयलाइ एक हप्ताभित्र टुंग्याई पुनः निरन्तर अनुगमनमा जाने संयन्त्र निर्माण गर्न पनि उनले निर्देशन दिएका छन् ।

मन्त्री खनालले कालिमाटी तरकारी बजारमा ९८ वटा स्टल लिएर व्यवसाय गर्ने व्यसायीलाई हटाउने सरकारको तयारी रहेको पनि जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सुपरजोनमा सम्वन्धीत विषय विज्ञलाई प्राथमिकता दिई पदस्थापना गर्ने, सुपरजोन र जोनमा वर्षभरी नियमित अनुगमन गर्न सुचक सहितको अनुगमन मोडालिटी र कार्यक्रम तयार गरी नियमित अनुगमन हुने व्यवस्था मिलाउन पनि मन्त्री खनालले भनेका छन् ।

मन्त्रालय अन्तर्गतका विभागका महानिर्देशक, केन्द्रीय निकायका प्रमुखहरु, आयोजना प्रमुखहर र जोन, सुपरजोनका प्रमुखहरुलाई कार्यसम्पादन सूचक निर्माण गरी कार्यसम्पादन करार गर्नु आवश्यक छ। उनीहरुको कार्यसम्पादन परिणामलाई १/१ महिनामा मूल्यांकन गरी नियमित प्रतिवेदन पेस गर्नु पर्नेछ ।

यस्तै मन्त्री खनालले समयमै किसानहरुलाइ रासायनिक मल वितरण गर्न उपयुक्त मोडालिटी तयार गर्न र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको संचालनको उपयुक्त मोडालिटी बारेमा अध्ययन गर्न बनेको समितिलाई यथासिघ्र प्रतिवेदन पेस गर्न भनेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...