अम्बाको बोटमै अड्किएकै हो त निर्मला हत्याको अनुसन्धान ?

Amba bot nirmalahatya

कञ्चनपुर । साउन १० मा कञ्चनपुरकी निर्मला पन्तको बलातकारपछि हत्या भयो । तर, अहिलेसम्म बलात्कारी पक्राउ पर्न सकेका छैनन् । दिन बित्दै जाँदा सो घटना रहस्यमय बन्दै गएको छ ।

निर्मलाको हत्यालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा एक जना मारिएका छन् । सरकारले छानविनका लागि समिति पनि बनाएको छ । समितिले कञ्चनपुर पुगेर काम पनि थालेको छ ।

मन्त्रीदेखि सांसदसम्मले निर्मलाको घरमा पुगेर हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । तर, अहिलेसम्म प्रहरीले नक्कली आरोपी खडा गर्दै जानुले पनि घटना थप रहस्यमय बन्दै गएको छ ।

अझ भन्ने हो भने त निर्मलाकी साथी रोशनी बमको घरको अम्बाको रुखले घटनालाई मोडिदिएको छ । रोशनीको बारीमा रहेको अम्बाको बोट काटिनाले घटना कतातिर मोडिदैछ भनेर सहजै अनुमान पनि गर्न कठिन भएको छ ।

साउन ९ मा निर्मलाको घरमा पुगेकी रोशनीले अम्बा खान र विज्ञानको गृह कार्य गर्न भन्दै साउन १० गते आफ्नो घर बोलाएकी थिइन् । निर्मलाको साइकल र किताब भेटिएको ठाउँमा प्लास्टिकको झोलामा अम्बा भेटिएको थियो । रोशनीको आँगनमा लटरम्म फलेको अम्बाको बोट निर्मलाको शव भेटिएको ६ दिनपछि फेदैदेखि काटिएको थियो ।

निर्मलाको साइकल भेटिएको स्थानमै किताब, कापी र डटपेनसँग एक प्लास्टिकको झोलामा अम्बा भेटिएको थियो । निर्मलाको शवसँगै अम्बाका दाना भेटिनु र रोशनीको आँगनअगाडिको अम्बाको बोट काटिनुले पनि बम दिदी बहिनीप्रति शंका छ । निर्मलाका बुबा यज्ञराज पन्तले सिजनको अम्बाको रुख काटिँदा निर्मलाको हत्यामा बम दिदिबहिनी कै हात रहेको बताउँछन् ।

निर्मला हराएको दिन रोशनीकी दिदी बबिताले नराम्रो व्यवहार गर्नु र निर्मलाको शव भेटिएको ६ दिनपछि आँगन अगाडिको अम्बाको बोट काटिनुले पनि सबैले निर्मलाको हत्यामा बम दिदीबहिनीकै संलग्नताको आशंका गरेका छन् ।

रोशनीका बुबा दीपेन्द्रबहादुर बम भने सडक भएर आउजाउ गर्नेहरुले अम्बा टिप्न खोज्दा पर्खाल भत्कन सक्ने भएकाले बोट काटिएको दावी गरेका छन् । उनले साउन १७ मा अम्बाको बोट आफैंले काटेको दावी गरेका छन् ।

रोशनीले आफूहरूमाथि लागेका सबै आरोप इन्कार गर्दै आएका छन् । ‘निर्मला बिहान ११ बजेतिर आफ्नो घरमा आएको र दिउँसो सवा २ बजे घर गएँ भन्दै निस्केको हो’, रोशनीले बयानमा भनेकी छन् ।

अहिले सबैको ध्यान रोशनीको घरमा काटिएको घरको अम्बाको बोटले तानेको छ । एकतिर प्रहरीले निर्मलाले लगाएको कपडा धोएर सुकाउनु र निर्मलाको हत्यापछि अम्बाको बोट काटिनु कुनै संयोग थिएन र छैन पनि ।

अहिले अनुसन्धानमा लागेका अधिकांसले पहिलो मिसन अम्बाको बोटलाई बनाएका छन् । तर, घटना भएको एक महिना नाघिसक्दा पनि घटनामा संलग्नको नजिक नपुग्नाले अनेकौ प्रश्न जन्माएको मात्रै छैन, कतै घटनालाई अन्तै मोडिने आशंका पनि उत्तिकै पैदा गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...