बै‌कको सेवाग्राही बनेर दुई लाख २३ हजार लुटियो

Lutera farar news

बुटवल । बुटवलको एक बैंकमा कार्यालय शुरु भएको केही समयमै एक जना सेवाग्राही लुटिएका छन्। बुटवलको व्यस्त बजार बुटवल उपमहानगरपालिका–६ स्थित बिपी चोकमा रहेको एभरेष्ट बैंकबाट रकम जम्मा गर्न गएका सेवाग्राही रोहित गौतमको रु. दुई लाख २३ हजार बिहान करीब सवा दश बजे लुटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए।

बैंकमा पैसा जम्मा गर्न गएका गौतमले पैसाको झोला छेउको कुर्सीमा राखेर भौचर बनाउँदै गर्दा सेवाग्राही बनेर आएका लुटेराले भौचर भर्न सिकाइ दिन अनुरोध गरेर भुलाएको र सोही समयमा लुटेरा समूहका अन्य दुई जनाले रकम लिएर तीनै जना फरार भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।

नेपागञ्ज रोडमा रहेको दुर्गा प्लाष्टिक हाउसका सञ्चालक दिनेश ज्ञवालीको पसलमा कार्यरत गौतम पसलको पैसा जम्मा गर्न उक्त बैंकमा गएको समयमा रकम लुटिएको हो। यस विषयमा थप अनुसन्धान र लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...