नायिका गरिमा पन्तको दिनप्रतिदिन बढ्दैछ हटनेस (फोटो फिचर)

Panta 1

काठमाडौँ । नायिका गरिमा पन्तको चर्चा आजभोली निकै कम हुने गरेको पाइन्छ ।

एक समयकी चर्चित यि नायिकाले चलचित्र झोला मार्फत विभिन्न अवार्ड पनि हात पारेकी थिइन् । नेपाली चलचित्र जगतमा सुन्दर मानिने गरिमा केही वर्षयता कलिउडदेखी टाढा रहेकी छिन् ।

बेल्जियममा व्यवसाय गर्ने हरी थपलियासँगको बिहे पश्चात् उनी उतै बस्दै र व्यवसाय गर्दै आइरहेकी छिन् । यसकारण पनि गरिमा अहिले नेपाली रजतपटबाट हराएकै मान्न सकिन्छ ।

तर फिल्मी क्षेत्रबाट टाढा रहे पनि ग्ल्यामरबाट भने गरिमा टाढा हुन सकेकी छैनन् । अझ दिनप्रतिदिन उनमा फेसन र ग्ल्यामरको विकास भएको उनका तस्बिरबाट देख्न सकिन्छ ।

बोल्ड , ब्युटिफुल , हट र सेक्सी अन्दाजमा आजभोली यि नायिका युरोपका विभिन्न ठाउँ घुमेको तस्बिरहरु सामाजिक संजालमा पोष्ट गर्ने गर्छिन् ।

यसैक्रममा र्पोचुगलको फंचल , मेडिराबाट बिकीनी अवतारमा गरिमाले मंगलबार केही तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । श्रिमानसँग घुम्न मेडिरा पुगेकी यि डिम्पलवाली नायिका बिकीनीमा सजिएर स्विमिंग पुलमा पानीको मजा लिदैँ केही तस्बिर उनको टाइमलाइन र स्टोरीमा सेयर गरेकी छिन् ।

विशेष गरी सिम्पल र इमोसनल रोलमा चलचित्रमा देखिने गरिमाको यो हट अन्दाजले के उनी फेरी कलिउडमा कमब्याक गर्ने संकेत दिन्छ या दिदैँन ? त्यो गरिमालाई नै थाहा होला ।

प्रतिकृया दिनुहोस