बलीउडको एउटै फिल्मले अक्षय कुमारलाई बनायो सुपरहीरो, ‘गोल्ड’ ले रच्यो नयाँ इतिहास

Akshya kumar gold 777x437

एजेन्सी । अक्षय कुमारको फिल्म ‘गोल्ड’ रिलिज भएको १८ दिन भइसकेको छ । १८ दिनमा फिल्मले कलेक्सनको मामलामा कयौँ रेकर्ड तोडिदिएको छ । फिल्मले हालका दिनमा पनि भारतीय बक्स अफिसमा राम्रै कमाई गरिरहेको छ । यसैबीच फिल्म ‘गोल्ड’ ले एउटा नयाँ इतिहास रचेको छ ।

अक्षय कुमारको ‘गोल्ड’ साउदी अरेबियामा पनि रिलिज हुदैछ । यो नयाँ रेकर्डको जानकारी अक्षय कुमार आफैंले ट्वीटर मार्फत दिएका हुन् ।

/uploads/Vadau/Akshya-kumar-1.jpgउनले ट्वीटरमा लेखेका छन्, ‘भारतको पहिलो गोल्ड मेडल जितेको कहानीलाई पहिलो पटक साउदी अरेबियामा पनि रिलिज गरिदैछ । तपाईहरु सबैलाई यो भन्दा धेरै खुशी छुँ कि, ‘गोल्ड’ पहिलो बलीउड फिल्म हो जसलाई साउदी अरेबियामा रिलिज गरिदैछ । यो फिल्म साउदी अरेबियामा आज रिलिज गरिदैछ ।’

गोल्ड अक्षय कुमारको ९ औँ फिल्म हो, जसले बक्स अफिसमा १०० करोडको आँकडा पार गरिसकेको छ । फिल्मलाई रीमा कागतीले निर्देशन गरेका हुन् ।

अक्षय कुमार अब छिट्टै नै रजनीकान्तको फिल्म २.० मा देखिदैछन् । २.० फिल्म २९ नोभेम्बरमा रिलिन हुंदैछ । यो फिल्मको बजेट ४०० करोड रहेको बताइएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस