पोखरामा आज हुने कन्सर्टका कारण अमेरिका गएनन् अनमोल

Anmol

पोखरा । बुटवलमा भव्य रुपमा आयोजना भएको ‘अनमोल इभ’ आज (शनिबार) पोखरामा आयोजना हुँदैछ ।

‘अनमोल इभ’का कारण अमेरिकामा हुन लागेको अवार्ड कार्यक्रममा नगई नायक अनमोल केसी यहिँ बसेका छन् । आफूले कन्सर्टका लागि समय दिइसकेको भन्दै अनमोल अमेरिका नगएका हुन् ।

पोखरामा चलचित्र संघले गर्न लागेको ‘नेम्पा पपुलर फिल्म अवार्ड’मा सहभागी हुनका लागि चलचित्रकर्मीको टोली अमेरिका प्रस्थान गरेको छ । जसमा, नायक भूवन केसी, कलाकार सुनिल थापा, नायिका नीता ढुंगाना, निर्देशक दिपाश्री निरौला लगायत छन् ।

अनमोलले भने- ‘सामाजिक कार्यका लागि आयोजना भैरहेको यो कन्सर्ट रद्द गरेर म अमेरिका जान सकिनँ । पोखराका दर्शकलाई शनिबार उपस्थितीका लागि विशेष अनुरोध गर्दछु ।’ अनमोले भने ।

मोनिका इन्टरनेशनलले आयोजना गरिरहेको यो कार्यक्रम नेत्रहिन महिला संघको सहयोगार्थ आयोजना गरिएको हो । कार्यक्रम चितवन र विर्तामोडमा पनि आयोजना हुँदैछ ।

प्रतिकृया दिनुहोस