किन धुजाधुजा भयो बुढानिलकण्ठमा जमिन ?

Jamin

काठमाडौ‌ । बुढानिलकण्ठ नगरपालिका विष्णुमति टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । थप १४ घरसमेत धरापमा परेको छ ।

बुढानिलकण्ठ प्रहरी प्रभागका टोपबहादुर शशाहीका अनुसार जमिन फाटेपछि १४ परिवार विस्थापित भएका छन् । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, वीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो । शाहीले घर भत्केको स्थानमा प्रहरी पुगिसकेको उल्लेख गर्दै त्यहाँ मानवीय क्षति भने नभएको बताए ।

स्थानीय विजेन्द्र बुढाथोकीका अनुसार उक्त ठाउँमा चार–पाँच दिनदेखि नै जमिनमा चिरा पर्न थालेको थियो । बिहीबार भूगर्भविदको टोली आएर चिरा परेको ठाउँ अवलोकन गरेको थियो ।

पानी बढी पर्न थालेपछि चिरा बढ्दै गएको र घर भत्कन थालेकोसमेत बुढाथोकीले बताए । चिरा परेको ठाउँमा पहिला डाँडो थियो । खारेर प्लटिङ गरिएको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने अनुमान भूगर्भविदले गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...