नितिनको निर्देशनमा फिल्म ‘गीत गजल’ बन्ने

Geet gajal n

काठमाडौं । नितिन चन्दको निर्देशनमा नयाँ फिल्म ‘गीत गजल’ निर्माण हुने भएको छ ।

दुई नयाँ कलाकारलाई डेब्यु गराउँदै उनले गीत गजल निर्देशन गर्न लागेका हुन् । यस फिल्मबाट रुप पोखरेल र आरोही सिंहले डेब्यु गर्देछन् ।

लभस्टोरी फिल्म ‘गीत गजल’का लागि दुई मुख्य कलाकार तय भएपनि अन्य कलाकारको खोजी भइरहेको छ । ’आरोहण प्रोडक्सन’को ब्यानरमा निर्माण फिल्ममा आरोहण क्षेत्रीको लगानी रहने छ । फिल्मको बजेट निकै उच्च रहेको निर्माता क्षेत्रीले बताए ।

अर्जुन पोखरेलको संगीत रहने उक्त फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहेन छ । भदौ अन्तिम साताबाट छायांकनमा जाने ‘गीत गजल’को हाल प्रि(प्रोडक्सनको काम भैरहेको छ ।

 

प्रतिकृया दिनुहोस