चलचित्रमा दृष्यमा कैची लगाउन अब्बल बने खान

Khan

काठमाडौं । पर्दाका देखिनेलाई सबैले चिन्छन्, जो पर्दामा देखिँदैनन्, उसलाई कसैले चिन्दैनन् । यो ध्रुवसत्य हो ।

नया पुस्ताको आगमन र नयाँ सोच भएका प्राविधिकहरुको प्रवेशले नेपाली चलचित्रहरु पनि अन्तर्रास्ट्रिय स्तरका बन्न थालेका छन् । नेपाली चलचित्र उद्योगमा नयाँ प्रयोगहरु हुन थालेका छन् ।

पछिल्लो समय नेपाली चलचित्रलाई उच्चस्तरको बनाउनमा चलचित्र सम्पादकको ठूलो हात हुन्छ । पछिल्ला केही वर्षमा नेपाली सिने जगतले ठूलै फड्को पनि मार्न थालेको छ ।

पर्दामा देखिने दृष्यलाई जोडेर आकर्षक बनाउन त्यति सजिलो छैन । जुन काम शाहिल खानले गरिरहेका छन् । अर्थात् खान नेपाली चलचित्र क्षेत्रमा छायांकन हुने चलचित्रका दृष्यलाई कैची लगाउने व्यक्ति हुन् ।

२००६ मा सिनेमा जगतमा पाईला राखेका खान थुप्रै चलचित्रहरुमा आफ्नो जादु देखाइसकेका छन् । सटिक काम र आफ्नो भिन्न प्रविधिका कारणले उनी निर्माता र निर्देशकको पहिलो रोजाईमा पर्ने गरेका छन् ।

उनको पेशा चलचित्रका दृष्य सम्पादन गर्ने हो । उनले रोमियो, मेला, पुनर्जन्म, होलिडे, उल्झन, पटुकी, आरोप, सकुन्तला, आवेग, च्याम्पियन, बाटो मुनिको फुल, फुसबुक, बर्दी, पोखरा कि काली, जस्ता चलचित्रमा सफल रुपमा कैची चलाएका छन् । जुन चलचित्रहरुले व्यवसायीक रुपमा पनि सफलता हात पारेका छन् ।

नेपाली चलचित्र क्षेत्रको लामो समयदेखि सम्पादन गर्दै आएका खान नयाँ नयाँ प्रविधि भित्र्याउन र चलचित्रलाई कसरी स्तरीय बनाउन सकिन्छ भनेर दैनिक १४/१५ घण्टा कम्प्युटरमै ब्यस्त बनिरहेका हुन्छन् । उनी फुर्सदको समयमा हलिउड चलचित्र मेकिङ र कटिङ कस्तो छ भनेर हेर्ने गर्छन् ।

नेपाली चलचित्रलाई व्यवसायीक बनाउने सम्पादकहरुको खाँचो भइसकेको छ । त्यही भएर पनि प्राविधिकहरुकको माग बढ्दै पनि गएको छ । जेनतेन उनी पनि यो क्षेत्रलाई व्यवसायीक बनाउन उनको पनि एउटा भूमिका छ । उनी महंगा सम्पादक पनि हुन् । उनलाइृ महंगो सम्पादक बनाउनमा उनकै सीप काफी छ ।

उनले बक्स अफिस अवार्ड, एलजी फिल्मस अवार्ड जस्ता राष्ट्रियस्तरका अवार्ड पनि पाइसकेका छन् ।

प्रतिकृया दिनुहोस