क्षेत्रीको ‘चराको गीत’ सार्वजनिक

Chari sarbajanik

काठमाडौं । साहित्यकार तथा नेपाल सरकारका वाणिज्यदूत कृसु क्षेत्रीद्वारा रचित ‘चराको गीत’ नामक कविता संग्रह सार्वजनिक भएको छ ।

अमेरिकाको न्ययोर्क शहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा शनिवार आयोजित समारोहमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले सो कविता संग्रहको विमोचन गरे ।

युएस नेपाल अनलाईनका प्रधान सम्पादक प्रदीप परियार थापाका अनुसार सो संग्रहलाई साझा प्रकाशनले प्रकाशनमा ल्याएको हो ।

न्यूजर्सिस्थित जर्सी सिटी अमेरिकाका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा साहित्यकार क्षेत्रीले आफ्ना कविताहरु वाचन गरे । साहित्यकार क्षेत्रीका ‘अर्धमुदित आँखाहरु’ (गजल), ‘बोधिसत्वको मृत्यूउत्सव’ (कविता), ‘आगोको मुर्छना’ (विलयन काव्य),‘‘रगतको दरबार’ (विलयन काव्य), ‘म्यानमामा नेपाली भाषा’, ‘साहित्य र संस्कृति’, ‘जापानमा नेपाली भाषा र साहित्य’ र चौध वर्षपछि’ (संयुक्त कविता) लगायतका कृतिहरु प्रकाशित छन् ।

साहित्यकार क्षेत्री युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), गजलश्री सम्मान (२०६०), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक), राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देबकोटा शताब्दी स्वर्ण पदक लगायत एक दर्जन साहित्यिक पुरस्कारहरुबाट सम्मानित भएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...