अनिता र रोशनीलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश

Districtcourtkanchanpurandnirmalapant

कञ्चनपुर । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेका दिदीबहिनी अनिता र रोशनी बमलाई कञ्चनपुर जिल्ला अदालतले ६ दिनथुनामा राखेर अनुसन्धानगर्न आदेश दिएको छ । बम दिदीबहिनीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।

गत साउन १० गते साथी रोशनीको घरमा होमवर्क गर्न गएकी निर्मला अर्को दिन उखुबारीमा मृत भेटिएकी थिइन् । स्थानीयले घटना लुकाउन उनीहरुको भूमिका रहेको आशंका गरेपनि प्रहरीले यसअघि पक्राउ गरेको थिएन । तर, आन्दोलनले उग्ररुप लिएर शुक्रबार एक जनाको मृत्यु भएपछि शनिबार अनिता र रोशनी पक्राउ परेका हुन् ।

घटनाको अनुसन्धानका लागि कञ्चनपुर पुगेको उच्चस्तरीय छानविन टोलीले घटनाबारे प्रारम्भिक अवस्थाबाटै अनुसन्धान सुरु गरेको जनाएको छ । स्थानीयले अनिता र रोशनीलाई पक्राउ गरेर अनुसन्धानगर्न दबाब दिन केही दिनअघि उनीहरुको उल्टाखास्थित घरमा ढुंगामुढा समेत गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...