यौनकर्मी नल्याउँदा यसरी भयो आफ्नै साथीको हत्या !

Gard hatya photo

विराटनगर । विराटनगरका टंकप्रसाद भट्टराई सन्जय सहनीबीच चिनजान पुरानै थियो । पुरानै चिनजानका आधारमा सुरक्षा गार्डमा कार्यरत भट्टराईले लागूऔषधको नसामा रहेका सहनीलाई यौनकर्मी खोजेर ल्याउन भन्दै २५ सय रुपैयाँ दिएर पठाएका थिए ।

यौनकर्मी खोजेर ल्याइदिने भन्दै भट्टाईले दिएको पैसा बोकेर भदौ २ गते शनिबार राति बजार निस्किएका सहनी यौनकर्मी नलिइकन त्यत्तिकै फर्किएपछि दुईबीच विवाद भयो ।

विवाद बढ्दै गएपछि फलामको रड र भाला प्रयोग गरेर भट्टराईको हत्या भयो । उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको अवस्थामा प्रहरीले भेट्टायो ।

प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबार बिहान विराटनगर –१५ बाट पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका वडा नं. ४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ ।

हत्यामा संलग्न विराटनगर महानगरपालिका –४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो । भट्टराई विराटनगर महानगरपालिका –२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए ।

प्रहरीले आइतबार साँझ पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न भएका आरोपित सहनीलाई सार्वजनिक गरेको हो । पक्राउ परेका सहनीविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

 

प्रतिकृया दिनुहोस