नदीमा डुबेर एक जनाको मुत्यु दुई जना बेपत्ता

Lahan khola

लहान । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर एक जनाको शव आज बिहान फेला परेको छ ।

हिजो साँझबाट हराएका तीन बालकमध्ये दुई जना अझै बेपत्ता छन् । सिरहाको शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण महतो बेपत्ता भएका थिए ।

बालकहरु बेपत्ता भएको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले आज बिहान बेपत्ता भएका मध्ये कृष्ण महतोको शव फेला पारेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले बताए ।

चार जनाको समूहमा कमला नदी जल भर्न पुगेका मध्ये एक जना बालकलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरेका थिए भने बाँकी तीन जना कमला नदीमा डुबेर बेपत्ता भएका थिए ।

प्रतिकृया दिनुहोस