भेडीगोठमा हैजाको प्रकोप : आँखै देख्न छाडे भेडा बाख्राले

Vedigoth

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाका विभिन्न खर्कका भेडीगोठमा हैजाको प्रकोप फैलिएको छ । हैजाले एकैसाथ एकसय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडेका छन् ।

फालेलुङ–२ जिमाहाका शुखवहादुर राई र फालेलुङ–३ का मनप्रसाद केरुङले फालेलुङ–४ बिखेमा सामूहिक रुपमा पालेका १३५ वटा भेडा हैजाको कारण बिरामी परेका छन् ।

शुरुमा आँखाबाट आँशु आउने, कचेराले क्रमशः आँखा ढाक्न थाल्ने, नानी धमिलो हुँदै गएर पुरै आँखा सेतो हुने त्यसपछि आँखा चिम्म हुने समस्याका कारण भेडा विरामी परेका फालेलुङ–४ महभीरका टेकबहादुर गुरुङले बताए ।

 यसरी बिरामी परेका भेडाले करीव एक सातासम्म आँखा नै नदख्ने भएकाले चरनमा जाँदा एक आसपमा ठोक्किएर लड्ने तथा गोठालालाई फर्काएर गोठसम्म ल्याउन पनि समस्या हुने गरेको भेडी गोठ सञ्चालक मनप्रसाद केरुङले बताए ।

यसैगरी फालेलुङ–६ बरभञ्ज्याङकी सविना राईका २१ वटा बाख्रामा पनि यस्तै समस्या देखिएको पशु प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । पहिलो पटक बिखेमा पालिएका एकाध भेडामा देखिएको यो समस्या क्रमशः एकदेखि अर्कामा साउनको अन्तिम सातादेखि बिखेस्थित भेडी गोठमा फैलिएको हो ।

ती भेडा बाख्रालाई आई ड्रप्स र बोरिक एसिड प्रयोग गरी आँखा सफा गरिदिँदा केही हदसम्म न्यूनीकरण भए पनि पूर्ण रुपमा नियन्त्रण भने नभएको उपचारमा संलग्न बाँस्कोटाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...