जनै पुर्णिमाको दिन कञ्चनपुरमा पाँच घण्टा कर्फ्यू हट्ने

Karfuy

महेन्द्रनगर । आइतबार परेको जनै पुर्णिमा मनाउन महेन्द्रनगरमा बिहान पाँच घण्टा कर्फ्यू हटाइएको हो। जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले आईतबार बिहान ५ बजेदेखि १० बजेसम्म कर्फ्यू हटाउने निर्णय गरेको छ।

शनिबार साँझ बसेको जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले रक्षाबन्धनलाई मध्य नजर गर्दै पाँच घण्टाका लागि कर्फ्यू खुल्ला गरेको कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए । १० बजेपछि पुनः निर्धातिर क्षेत्रमा कर्फ्यू जारी हुने एसपी कडायतले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...