जनताको आवाज आंशिक सुन्यो सरकारले, बम दिदीबहिनी पक्राउ

Anita bam

महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा स्थानीयको आशंकाको घेरामा रहेका अनिता बमका दिदीबहिनी पक्राउ परेका छन् ।

शनिबार प्रहरीले निर्मला पन्तको साथी रोशनी बम उनकी दिदी अनिता बमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिप्रका कञ्चनपुरका डिएसपी कृष्ण ओझाका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर घटनामा संलग्न भए नभएको बारेमा सोधपुछ चलिरहेको छ ।

सोधपुछपछि मात्रै हिरातमा राख्ने नराख्ने निर्णय हुने डिएसपी ओझाले बताए ।अनिताले बलात्कारीलाई लुकाएको भन्दै स्थानीयले बिहीबार बेलुकी उनको घरमा तोडफोड समेत गरेका थिए ।

रोशनी निर्मलाकी साथी हुन् । उनको घरबाट पढेर फर्कँदै गर्दा ११ गते निर्मलाको उखुबारीमा बलात्कारपछि हत्या भएको थियो । अनिता बमले निर्मलाका बलात्कारीलाई लुकाएको भन्दै स्थानीयले उनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै आएका थिए ।

तर, प्रहरीले उनीहरुलाई पक्राउ गर्नुको साटो मानसिक सन्तुलन गुमाएका दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्किएको छ । त्यसक्रममा एक बालकसनि खुनाको ज्यान जानुका साथै कैंयौं घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...