प्रशासनले संयमता गुमायो, घटना अन्तै मोड्न खोजेको स्थानीयको आरोप

Sani

काठमाडौं । कञ्चनपुरमा प्रहरी पशासनले संयमता गुमाउँदा एक बालक प्रहरीको गोलीबाट मारिएका छन् । कञ्चनपुर घटनालाई स्थानीयले प्रशासनले निर्मला पन्त बलात्कारको घटनालाई अन्तै मोड्न गरेको प्रयासका रुपमा लिएका छन् ।

शुक्रबार प्रहरीको गोली लागि १३ वर्षीय बालक सनि खुनाको मृत्यु भएको छ भने थप पाँच जनालाई गोली लागेको छ । यसअघि शुक्रबार पनि प्रहरीको गोलीबाट चार जना गम्भीर घाइते भएका थिए । घटनामा परेर घाइते हुनेहरुको संख्या अत्यधिक छ ।

शुक्रबार मारिएका बालक सनि खुना भीमदत्त नगरपालिकामा कुचिकारको काम गर्ने बीरबहादुर खुनाका छोरा हुन् । भीमदत्त नगरपालिका वडा नं १८ भगतपुर निवासी खुना स्थानीय महेन्द्रनगर माविमा कक्षा ६ मा पढ्थे ।

बिहीबार प्रहरीको गोली लागेर चार युवा घाइते भएपछि कञ्चनपुरका स्थानीयवासी थप आक्रोशित बनेका थिए । यसकारण पनि उनीहरू शुक्रबार आन्दोलन चर्काउने योजनामा थिए । तर, शुक्रबार बिहान पानी परेकाले दिउँसोबाट मात्रै आन्दोलन सुरु भयो । शुक्रबार पनि प्रहरी संयमित बन्न सकेन, गोली नै चलायो ।

बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई तानेर सरकारले नयाँ अधिकारीलाई खटाएको थियो । तर, नयाँ जिम्मेवारीसहित आएका सिडिओ तारानाथ अधिकारी र प्रहरी प्रमुख एसएसपी कुवेर कठायतले परिस्थितिलाई सहज बनाउने पहल गर्न सकेनन् ।

कठायतले बालिका बलात्कार र हत्या प्रकरणको नयाँ शिराबाट अनुसन्धान हुने बताए पनि शुक्रबार दिउँसोको घटनाले परिस्थिति थप जटिल बनाइदिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको १० साउनमा बलात्कारपछि हत्या भएको थियो ।

स्थानीयले निरन्तर आन्दोलन गर्दै आएका छन् । गत सोमबार प्रहरीले दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरे पनि निर्मलाका परिवार र स्थानीयले विश्वास गरेका छैनन् ।

स्थानीयले कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले बालिका निर्मलाको हत्यारा लुकाउन खोजेको आरोप लगाउँदै आएका छन् । घटनामा एसपी विष्टका नजिककै मान्छेको हात हुनसक्ने स्थानीयको आशंका छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...