महिला हिंसा बढ्दै गएकोमा अधिकारकर्मीको चिन्ता

Mahila aadharshila

काठमाडौं । पछिल्ला केही समयमा महिलामाथिको हिंसा बढ्दै गएकोमा अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । दिनहुँ भइरहेका बलात्कारका घटनाले समाजलाई नराम्रो बाटोमा दोहो¥याइरहेको उनीहरुको निष्कर्ष पनि छ ।

महिला आधारशीलाले राजधानीमा शुक्रबार गरेको ‘मुलुकी देवानी (संहिता) ऐन २०७४ अन्तर्गत पारिवारिक कानुन र घरेलु हिंसा कसुर सजाय ऐन २०६६’ विषयक कार्यक्रममा सहभागीहरुले पछिल्ला दिनमा घरेलु हिंसा भयाभव बन्दै गएकोमा चिन्ता व्यक्त गरे ।

सो कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष सरस्वती दाहालले महिला हिंसा अन्त्य गर्न समाजले नै पहिलो भूमिका खेल्नुपर्ने बताइन् । उनले हालसम्म बनेका महिलासम्बन्धी कानुन पनि पुरुष हाबी भएको दावी गरिन् ।

उनले भदौं १ गतेदेखि लागू भएका केही संहिताले महिलालाई झन पीडित बनाउने भएकाले यसको संशोधन जरुरी भएको बताइन् । कुरा गर्ने भन्दा पनि काम गरेर देखाउने बेला भएको बताइन् । उनले महिला आधारशीलाले महिला तथा बालबच्चाको क्षेत्रमा एउटा उदाहरणीय काम गरेकोमा प्रशंसा पनि गरिन् ।

कार्यक्रममा सांसद रामेश्वर फुयाल र दोर्जे लामाले महिला तथा बालबालिकाको क्षेत्रमा आधारशीला नमुना बनेको बताए । आधारशिलाले गरेको कामबाट सबैले पाठ सिक्नुपर्ने उनीहरुको भनाई थियो ।

मानवअधिकारकर्मी चरण प्रसाईँ, भवानी खरेल, देविका तिमिल्सिना, महिला सुरक्षा दवाव समुहकी अध्यक्ष सावित्रा थापा लगायतले महिला हिंसा अन्त्य गर्न राज्य उदार बन्न नसकेको आरोप लगाए । उनीहरु हालै जारी गरिएको संहिताले महिलालाई थप पीडित बनाउने दावी गरे ।

सो कार्यक्रममा महिला अधिकारकर्मी प्रा.डा शशी अधिकारीले देवानी संहितामा समावेश गरिएका महिलासम्बन्धी व्यवस्था गरिएका कानुनहरुको विस्तृत विवरण सहितको कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

महिला आधारशीलाकी अध्यक्ष रेणुका शर्मा उप्रेतीको सभापतित्वमा भएको सो कार्यक्रममा कानुनी सन्देश नामक पुस्तिकाको पनि विमोचन गरिएको थियो ।
महिला आधारशीला महिला तथा बालबालिकाको अधिकार क्षेत्रमा काम गर्दै आएको संस्था हो । संस्थामा आवद्ध महिलाहरुले हस्तकला निर्माण गरी आयआर्जन गर्दै आएका छन् । साथै १ सय जनाभन्दा बढी छोरीहरुलाई आवास तथा शिक्षा प्रदान गर्दै आएको छ । विशेष गरेर संस्थाले आमा बुबा गुमाएका तथा असहाय बालकाबालिकालाई आवास दिँदै आएको आधारशिलाकी महासचिव कमला उप्रेतीले बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...