टाइगर र ताराबीचको निकटताले दिशा र रोहनलाई तनाव

Tara tiger disha h1wafbdlyr

काठमाडौं । अभिनेता टाइगर श्राफ र दिशा पटानीले एकअर्काबीचको प्रेम सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार नगरे पनि दवैले कहिले कफि त कहिले डिनर डेटको बहानामा एकअर्काको साथमा समय बिताइ रहेका हुन्छन् ।

यही निकटताका कारण यि दुवै एकअर्काको गहिरो प्रेममा रहेको कुरा कसैबाट लुकेको छैन । तर अहिले भने यि दुवैबीचको सम्बन्धमा केही समस्या आएको छ ।

अभिनेता टाइगर श्राफ अहिले छायांकन भैरहेको उनको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ की अभिनेत्री तारा सुतारियासँग छोटो समयमै नजिक भइरहेका छन् । यही निकटता अभिनेत्री दिशा पटानीलाई चित्त बुझेको छैन । उता अभिनेत्री तारा सुतारियाका प्रेमी रोहन मेहरा पनि तारा र टाइगरको बढ्दो निकटताका कारण तनावमा छन् ।

टाइगर र तारा भेट हुँदा त एकअर्काको साथमा रमाइलो गर्छन् नै, भेट नहुँदा पनि फोनमार्फत च्याट गरिरहेका हुन्छन् । भर्खरै चर्चित फेशन डिजाइनर मनिष मल्होत्राले आयोजना गरेको पार्टीमा समेत टाईगर र तारालाई एकअर्काको साथमा रमाइलो गरिरहेका खबर विभिन्न मिडिया आएका थिए ।

केही दिन अगाडि टाइगर श्राफ र दिशा पटानी डिनरका लागि साथमा गएका थिए । यि दुवै एकअर्काको साथमा निकै खुशी देखिएका थिए । तर अहिले टाइगर र ताराबीचको बढ्दो मित्रताले दिशालाई दुःखि बनाएको छ ।

अभिनेत्री तारा सुतारिया ७ वर्षको उमेरदेखि गायन क्षेत्रमा संलग्न छिन् भने फिल्म ‘स्टुडेण्ट अफ द इयर २’ मार्फत बलिउडमा डेब्यू गरिरहेकी छिन् । फिल्म क्षेत्रमा आउनु अघि नै रोहन मेहरासँग पे्रममा रहेकी तारा र टाइगर बीचचको नयाँ मित्रताले यि दुवैको पुरानो सम्बन्धलाई कत्तिको असर पार्नेछ त्यो त समयले नै बताउनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...