दुबै मृगौलाले काम नगरेपछि बालकले गरे जीवनरक्षाको अपिल

Kidney

दाङ । दाङका एक बालकले आफ्ना दुवै मिर्गौलाले काम नगरेकाले उपचारका लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी ११ वर्षीय बालक शशी अधिकारीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका हुन् ।

बिहीबार तुलसीपुरमा उनले पत्रकार सम्मेलन गरी उपचारका लागि आवश्यक रकम आफ्नो परिवारसँग नभएकाले सबैको स–सानो सहयोगले पनि आफ्नो जीवनरक्षाका लागि ठूलो योगदान हुने बताए ।

उनले भने “बुबा अपाङ्ग हुनुहुन्छ, घरको आर्थिक अवस्था नाजुक छ, उपचार गराउन फुपूले भारतको लखनउ लगे, त्यहाँ चिकित्सकले रु तीन लाख लाग्छ भनेकाले आफू फर्केर आएको हूँ ।”
पत्रकार सम्मेलनमा बालक अधिकारीकी फुपू खीमा भण्डारीले पनि आर्थिक अभबकै कारण उपचारका लागि सहयोग गरिदिन सबैमा आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...