१६ कट्ठा १६ धुर जग्गाका लागि बुहारी कै अपहरण !

Karidevi yadav

लहान । सिरहामा एक एकल महिला अपहरणमा परेको दुई हप्ता हुन लाग्यो । तर, अझैं अपहरण गर्ने अपहरणकारी पत्ता लाग्न सकेको छैन । यतिसम्मकी अपहरणकारी खोज्न प्रहरीले समेत चासो दिएको छैन ।

गोलबजार नगरपालिका–१० चोहर्बाकी ५५ वर्षीया कारीदेवी यादव गत साउन २५ गते घरबाटै अपहरणमा परेको भनिएको छ । प्रहरीले अपहरणकारी पत्ता लगाउन नसकेको भन्दै स्थानीयले गोलबजारमा प्रदर्शन गरेका छन् । तर, प्रहरीले खोजी गर्न चासो नदिएको स्थानीयको गुनासो छ ।

अपहरणमा परेकी महिलाको अवस्था प्रहरीले पत्ता लगाउन नसकेपछि सिरहाका आधा दर्जन संघसंस्थाले प्रेस विज्ञप्ति निकालेर घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । यी संघ संस्थाले कारीदेवीको अवस्था पत्ता लगाउन र दोषी पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन् ।

आक्रोशित स्थानीयले भने घटनाको १० दिनपछि आरोपितलाई नियन्त्रणमा लिई गोलबजार प्रहरीलाई बुझाएका छन् । स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिई बुझाएपछि अनुसन्धान थालिएको गोलबजारका प्रहरी सहायक निरीक्षक मनीष कार्कीले बताए।

यस्तो कारण
सम्पत्तिको लोभमा कारीदेवीको अपहरण आफन्तबाटै भएको स्थानीयको आशंका छ । जग्गा हडप्न कारीदेवीको अपहरण आफन्तले नै गरेको दाबी उनीहरूले गरेका छन् ।

स्थानीयका अनुसार वर्षदिनअघि निधन भएका ससुराका नाममा जेठाजुले लुकाएको १६ कट्ठा १६ धुर जग्गामा अंश दाबीसहित सिरहा जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी थिइन् । उनी मुद्दा जितेपछि जेठाजु र जेठाजुका छोराले कुटपिट गरेका थिए ।

त्यति मात्रै होइन, जग्गाका लागि दबाब दिँदै आएका थिए । तर, उनी जग्गा नलिई नछाड्ने अडानमा बसेपछि अपहरणमा परेको स्थानीयको दाबी छ । उनीहरूले जेठाजु रामदेव यादव र उनका छोरो लक्ष्मण यादवले अपहरण गरेको दाबी गरेका छन् ।

उनका अनुसार अपहरणमा परेकी महिलाका आफन्तले किटानी जाहेरीसमेत दर्ता गराएका छन् । ‘अपहरणमा परेको दिनदेखि नै अनुसन्धान गरिरहेका थियौं’, उनले भने, ‘तर, केही पत्तो चलेन। स्थानीयले उनका जेठाजु र छोरालाई बुझाउनुका साथै पीडितका आफन्तले उनीहरूमाथि नै किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु गरेका छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...