छैटौं ‘मिस नेपाल यूएसए’को ताज दिलाशालाई

Misss nepal 6

काठमाडौं । छैटौं ’मिस नेपाल यूएसए’ को ताज २४ वर्षीया दिलाशा न्यौपानेले चुमेकी छन् ।

नेब्रास्का निवासी न्यौपाने आफ्ना १६ प्रतियोगीलाई पछि पार्दै शीर्ष उपाधिका साथ मिस एकाडेमिक एक्सिलेन्स अवार्डसमेत जितिन् ।

टेक्ससमा आयोजित अन्तिम प्रतियोगितामा टेक्ससकी २२ वर्षीया पोसा घर्तीमगर फस्ट रनरअप भइन् भने कोलोराडोकी २१ वर्षीया कृति ढुंगेल सेकेन्ड रनरअप भइन् । घर्तीमगरले मिस पर्सनालिटी, मिसकल्चर र मिस फ्रेन्डली विधाको अवार्डसमेत जितिन् ।

प्रतियोगितामा टेक्ससकी आयशा ओझा मिस पब्लिक च्वाइस बनिन् । सोर्वे फाउन्डेसनको सद्भावना दूतसमेतको अवसर हात पारेकी आयशाले मिस सोसल एक्सिलेन्सको समेत अवार्ड चुमिन् । यसैगरी अदीति श्रेष्ठले मिस डिसिप्लिन, निलिया गुरुङले मिस फोटोजेनिक, विना श्रेष्ठले मिस क्याटवाक, स्वीकृति भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्ससको उपाधि हात पारे ।

पूर्वमिस नेपाल मेलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजीव श्रेष्ठलगायतका प्रशिक्षकबाट विभिन्न प्रशिक्षणसहित प्रतियोगी फाइनलमा उत्रिएका थिए । प्रतियोगी सिगार्ने जिम्मेवारी मञ्जु दुलाल (सापकोटा) ले गरेकी थिइन् ।

अमेरिकामा रहेका नेपाली युवतीको सौन्दर्य र बौद्धिकता निखार्ने उद्देश्य रहेको यो प्रतियोगिता ‘इम्पावरिङ युथ, प्रोमोटिङ नेपाल’ मूलनाराका साथ आयोजना हुँदै आएको छ । यस पटकको प्रतियोगिताको होस्ट सञ्जय गुप्ता थिए भने प्रतियोगीको फेसन डिजाइन लजिमा सुब्बा र क्षतिजा शाक्यले तयार गरेका थिए । सौन्दर्य प्रतियोगीताको यो छैटौं संस्करण नेपाल ११ इन्टरटेनमेनन्का प्रतीक सुवेदीको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...