पूर्व पोर्न स्टार सन्नी नेपाली फिल्म खेल्दै !

Sani lion

काठमाडौं । बलिउडकी चर्चित नायिका सन्नी लियोनीले नेपाली फिल्ममा अभिनेता अनुपविक्रम शाहीसँग स्क्रिन गर्ने भएकी छन् ।

‘पासवर्ड’ नाम राखिएका फिल्ममा लियोनीले अनुपसँग खेल्ने भएको छ । बेलायतमा सुटिङ हुने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्न टुंगो लागेको छ ।

अनुपले आफूले सन्नीसँग फिल्म खेल्न लागेको बताएका छन् । तर, उनले सन्नी कति बजेटमा नेपाली फिल्ममा अनुबन्ध भइन् भन्नेबारे भने बताएनन् ।

समाचार स्रोतका अनुसार सन्नीका लागि नेपाली निर्माताले १ करोड भारुभन्दा बढीको सम्झौता गरेका छन् । फिल्मको अगस्ट २६ बाट छायांकन थालिने छ ।

उक्त फिल्मको सम्पूर्ण सुटिङ भने लन्डनमा हुनेछ । त्यसका लागि अनुप लन्डन जाँदैछन् । फिल्मका लागि प्राविधिक टोली यसअघि नै लन्डन पुगिसकेको बताइएको छ ।

‘पासवर्ड’ फिल्म विक्रम जोशीले बनाउन लागेका हुन् । विक्रम फिल्ममा अनुप र सन्नीसँगै मुख्य भूमिकामा देखिनेछन् ।

नेपाली फिल्मलाई नयाँ व्यावसायिक उचाइमा लैजान पनि बलिउडका कलाकारलाई लिएर फिल्म बनाउन लागेको निर्माण पक्षले जनाएको छ । फिल्ममा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, विक्रान्त बस्नेत, रवीन्द्र झालगायतको अभिनय रहनेछ ।

निर्माण पक्षका अनुसार यस फिल्ममा सन्नीको लामो भूमिका भने हुनेछैन । उनलाई एक आइटम गीतमा देख्न सकिने छ छोटो भूमिकासमेत हुनेछ ।

एबी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मका छायांकार भने सौरभ लामा हुन् । फिल्म एक्सन लभस्टोरीमा बन्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...