राजविराजमै यस्तो विहे ! विहेपछि परिवारले किन त्यागे घरै ?

Kabita sah

राजविराज । सप्तरीको राजविराज नगरपालिका–७ का छोटु भनिने राजीव दासकी श्रीमती २५ वर्षीया कविताकुमारी साहलाई मंगलबार आफ्नो घर भित्र्याए । तर, राजीब घर छाडेर सम्पर्क बाहिर छन् ।

राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, इन्स्पेक्टर सुजता तुम्बाहाम्फे, राजनीतिक दलका नेता, अधिकारकर्मी र नागरिक समाजको पहलमा मंगलबार साँझ घर भित्र्याएका थिए ।

राजविराज नगरपालिकाको न्यायिक समितिले साहलाई पत्नी, बुहारीको हैसियतमा घरमा बस्न, खान, लाउन, शिष्ट व्यवहार गर्न तथा गालीगलौज, कुटपिट नगर्न भनी अन्तरिम संरक्षणात्मक आदेश जारी गर्यो । त्यसपछि घरभित्र त भित्र्याए । तर, अहिले सबै परिवार नै सम्पर्कविहीन भएका छन् ।

पटक–पटक घर भित्र्याउने समय दिँदै आएका राजीवले तीन वर्षसम्म दुलही बनाएर घर लान आनाकानी गरेपछि घरपरिवारको असहमतिम दुलहीलाई घर प्रवेश गराइएको हो । लक्ष्मी आयुर्वेदिक औषधि पसल सञ्चालन गरी बसेका दास परिवारले दुलही भित्र्याउन अस्वीकार गरेपछि पछिल्लो समय दबाबमा परेका राजीब घर छाडेर सम्पर्क बाहिर छन् ।

बुहारी स्वीकार गर्न तयार नभएका सासू र जेठाजु राति कवितालाई घरमा छोडेर बाहिरिएका छन् ।

तीन वर्षअघि प्रेमविवाह गरेका साह र दासले सप्तरी जिल्ला अदालतबाट ०७२ पुस २४ गते पति–पत्नीको नाताकायम समेत गरेका छन् । युवतीले सासु ५५ वर्षीय मन्जुदेवी साह र जेठाजु ३५ वर्षीय पंकज साहले ०७४ चैत २४ गते कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले राजविराज नगरपालिकाको न्यायिक समितिमा गत वैशाखमा उजुरी दिएकी थिइन् ।

आरोपित पंकज र मन्जुले भने विवाह भएको जानकारी आफूलाई नभएको र पीडितलाई घरमा राख्न आफू तयार नभएको बताउँदै आएका छन् ।
न्यायिक समितिका संयोजक एवं उपप्रमुख झा, अधिकारकर्मी र नागरिक समाजले मंगलबार राति १० बजेसम्म युवतीका सासु र जेठाजुलाई सम्झाए पनि बुहारी स्वीकार्न तयार नभएको वडाध्यक्ष समीर झाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...