मानव अधिकार आयोगकी प्रवक्ताले किन लेखिन्, ‘धर्मनिरपेक्ष !’

Mohana statas news

काठमाडौं । बुधबार मुस्लिम समुदायले विशेष पर्व इद मनाई रहँदा बुधबार राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले एउटा स्टाटस ट्वीट गरिन् ।

सो ट्वीटमा लेखिएको थियो, ‘अध्यक्षलाई जानकारी गराएर ईंद मनाउन घर नेपालगन्ज आएको, ईंदकै दिन बैठक राखिएको खबर आयो । गम्भीर मानवीय संकट उत्पन्न भएर आपतकालीन बैठक डाँकिएको होला भनेर प्लेनको टिकट खोज्दै थिए, केहीबेरमा थाहा भयो छलफलको विषय त पुस्तिका प्रकाशन रहेछ । जय धर्मनिरपेक्षता !

बकर इद मनाउन प्रवक्ता मोहना अन्सारी गृहनगर नेपालगञ्ज पुगेकी थिइन् । उनले आयोगका अध्यक्ष अनुपराज शर्मालाई बकर इद मनाउन नेपालगञ्ज जाने विषयमा जानकारीसमेत गराएकी थिइन् । तर आयोगका सचिव देवप्रसाद भट्टराईले बुधबार नै बैठक बोलाए ।

प्रवक्ता अन्सारीले आपक्ति जनाइन् । उनले कार्यसुची हेरिन् उनलाई अचम्म पनि लाग्यो । तर पनि केही सीप नलागेपछि काठमाडौं आउने हवाई जहाजको टिकेट खोज्नतर्फ लागिन् ।

प्रवक्ता अन्सारीले बकर इदकै दिन ‘स्थानीय तहमा न्यायसम्बन्धी मानव अधिकार पुस्तिका प्रकाशन सम्बन्धमा छलफल तथा निर्णय’ र ‘विविध’ गरी दुई वटा विषयमा छलफल गर्न बैठक डाकिएको थियो ।

उनले सार्वजनिक विदाको दिन बैठक डाकिनुलाई ‘धर्मनिरपेक्ष’ लाई निक्कै व्यंग्य गरेकी छन् । उनले ट्वीटमा लेखेकी छन्, ‘जय धर्मनिरपेक्षता !’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...