‘मालिका’को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

Rekha thapa ko malika

काठमाडौं । रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’ को दोस्रो गीत सार्वजनिक भएको छ ।

प्रस्तुत गीत सुरेश अधिकारीले लेखेका हुन् भने धुन पनि उनैले भरेका छन् । गीतमा आस्था राउतले स्वर भरेकी छन् । उक्त गीतको भिडियोमा मुख्य कलाकार रेखा र कमला वलीको यात्रालाई चित्रित गरिएका छ ।

प्रायः नारीप्रधान विषयमा चलचित्र बनाउँदै आएकी रेखाले यसपटक पनि बाल विवाहको कथामा चलचित्र बनाएकी छन् । सार्वजनिक गीतमा सोही विषयलाई समेटिएको छ ।

उक्त फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् । फिल्मलाई तिहारको लक्ष्मीपूजाका दिन रिलिज मिति तोकिएको छ ।

प्रस्तुत फिल्मका कार्यकारी निर्माता नर कार्की हुन् भने निर्मात्री रेखाकी आमा सरस्वती थापा रहेकी छन् । ‘मालिका’ चलचिको यसअघि ‘हल्का माया के माया’ बोलको पहिलो गीत सार्वजनिक भइसकेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...