सरकारकै संरक्षणबाट फस्टाए तरकारी बिचौलिया

Tarkari bajar

काठमाडौ‌ । पछिल्लो डेढ वर्षमा सरकारी तथा गैरसरकारी संस्थाले उपत्यकाको तरकारी बजार, बिचौलियाको हाबी, मूल्य सम्बन्धमा तीनपटक अध्ययन गरिसकेको छ ।

सरकारी प्रतिवेदनले नै उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी बिचौलियाको नियन्त्रणमा रहेको औंल्याएको छ । तर सम्बद्ध निकाय सधैं मौन छन् ।

तरकारी उत्पादनदेखि बिक्रीसम्म विभिन्न चरणका बिचौलियालाई सरकारले नै संरक्षण गर्दै आएका कारण आमउपभोक्ता चर्को मूल्य चुकाउन बाध्य छन्।

तरकारी उत्पादक किसानले पनि लागत मूल्य पाउन सकेका छैनन् । बिचौलियाले तरकारी महँगो बनाएको प्रतिवेदनमा उल्लेख थियो । सबै प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगे पनि कारबाही अघि बढेन ।

उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले प्रतिवेदन आइसक्दा पनि प्रधानमन्त्री कार्यालय र सरोकारवाला मन्त्रालय कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मौन बसेका कारण उपभोक्ता ठगिनुपरेको बताए ।

तरकारीमा बिचौलियाको सिन्डिकेटका विषयमा गत मंसिरमा उपभोक्ता हित संरक्षण तथा आपूर्ति विभागले अध्ययन गरी प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई बुझाएको थियो ।

प्रधानमन्त्री कार्यालयका जिम्मेवार अधिकारीले ती प्रतिवेदन दराजमा थन्काए । ‘प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई बुझायौं । तर कुनै चासो भएन,’ तत्कालीन समयमा विभागमा निर्देशक रहेका एक अधिकृतले भने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले प्रतिवेदन अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए ।

प्रवक्ता ढकालले भने, ‘तत्कालीन समयमा अध्ययन भएको जानकारी आएको छ, त्यो बेला प्रतिवेदनअनुसार कारवाही अघि नबढे पनि अब भने त्यसको आधारमा आवश्यक कारवाही थाल्ने तयारीमा छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...