संगठित बन्न थाले सुनचाँदी व्यवसायमा संलग्न विश्वकर्माहरु

Sunchadai d 1

काठमाडौं । नेपाली दलित समुदायअन्तर्गत विश्वकर्मा र सुनारको पुरानो पेशा हो सुनचाँदीको व्यवसाय । तर, पछिल्लो समयमा सुनचाँदी व्यवसायमा दलित समुदायभन्दा पनि अन्य समुदायको बाहुल्यता बढ्दै गएको छ ।

खासगरी सुखी पेशा भएकाले पनि सुनचाँदीको व्यवसायमा हात हाल्न जुनसुकै जातिले पनि खोज्छन् । अहिले नेपालमा दलित समुदायमा पर्ने विश्वकर्मा र सुनारहरुले सुनचाँदीका पेशा अंगाल्दै आएका छन् । त्यसका अलावा नेवारी समुदायले पनि यो पेशा अंगालेका छन् ।

तर, सुनचाँदी व्यवसायमा संलग्न व्यवसायीहरुको संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघ भने लामो समयदेखि अन्य समुदायकै कब्जामा छ । दलित समुदायको भने प्रतिनिधित्व मात्रै छ । बल्लबल्ल यो पटक मोहन विश्वकर्माले महासंघको नेतृत्व गर्ने अवसर पाएका छन् ।

अहिले पछिल्लो समयमा सुनचाँदी व्यवसायमा संलग्न दलित समुदाय पनि संगठित बन्न थालेका छन् । यसैक्रममा सुनचाँदी व्यवसायमा संलग्न दलितहरु साउन २६ मा हेटौडामा भेला भएर एकीकृत कम्पनी बनाउने उदेश्य तय गरेका छन् ।

यो क्षेत्रमा सक्रिय ब्यावसायीहरुको विषेश भेलामा १६ जिल्लाका ८० भन्दा बढि व्यावसायी सहभागी थिए । सो भेलाले विश्वकर्मा सुनचाँदी व्यवसायी संजाल पनि गठन गरेका छन् ।

सो भेलाले राष्ट्रिय भेला गर्न अर्जुन रसाइली संयोजकत्वमा ५१ सदस्य समिति गठन भएको छ । जसको सहसंयोजकमा प्रकाश गहतराज छन् । यसलाई कतिपयले सुनचाँदी व्यवसायी महासंघविरुद्ध अर्काे महासंघ गठन गर्न लागेको आरोप पनि लागेको छ ।

तर, विश्वकर्मा सुनचाँदी व्यवसायी संजालका संयोजक रसाइलीले भने यो विश्वकर्मा समुदायका व्यवसायीहरुलाई संगठित गर्न मात्रै सञ्जाल गठन गरिएको बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...